सिन्धुली– २१ वर्ष अघिदेखि राज्यपक्षले वेपत्ता पारेका तत्कालिन माओवादी नेता चित्रनारायण श्रेष्ठलाई सम्झना पुस्तक प्रकासन गरिएको छ । चित्रनारायण श्रेष्ठ निष्ठा र निर्भिकताका प्रतिक पुस्तक शनिबार कमलामाई नगरपालिका ४ को ढुंग्रेवासमा रहेको सिद्धबाबा पार्टी प्यालेसमा लोकापर्ण गरियो ।
चित्रनारायणको जीवन संगिनी सावित्रा श्रेष्ठले प्रकाशनगरी बजारमा ल्याएको पुस्तकलाई विवस वस्तीले सम्पादन गर्नु भएको हो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, मञ्चासिन, श्रेष्ठको जीवन संगीनीले पुस्तकलाई लोकापर्ण गरि बजारमा ल्याएका छन् ।
चित्रनारायण श्रेष्ठको जीवनी, गौेरवगाथा, संघर्ष, उपलव्धि लगाएतका विषयमा समकक्षी, राजनीतिज्ञ, परिवारजन, छिमेकी, विद्यार्थी, साथीसंगी, लगाएतले पुस्तकमा चित्रनारायण श्रेष्ठको योगदानको चर्चा गरेका छन् । २२८ पेज लामो पुस्तकले निडरताका साथ क्रान्तिगर्नलाई हौसला पुग्ने, पदचाप पहिल्याउन सजीलो हुने, लगाएतका विषयमा कार्यक्रमका वक्ताहरुले चर्चा परिचर्चा गरेका थिए । जीवन संगिनी सावित्रा श्रेष्ठले वेपत्ता श्रीमानको खोजिमा भौतारिदा पाएको कष्ट र रित्तीएको आखाको नालीबेली सुनाउनु भएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सांसद हरिबोल गजुरेलले एकाग्र भएर परिणाममुखी काम गर्ने स्वभाव चित्रनारायणमा रहेको बताउनु भयो । अझै चित्रनारायणको आश रहेपनि परिवारले जिवित पाउने संभावनाकम रहेको उहाको भनाइ थियो ।
०४९ सालको निर्वाचनमा साविक सिद्धेश्वर गाविसको वडाध्यक्ष हुदै जिल्ला विकास समितिको सदस्य हुनु भएको श्रेष्ठ लाई चुनावका बेला मत माग्न पठाउदा जनताको घरमा नपुगी बहसमा सहभागी भएर दिन बिताएको सहपाठी एवं माओवादी नेता राम कार्कीले स्मरण गर्नु भयो । चित्रनारायण श्रेष्ठसगै जीवन संगिनी सावित्रीको समेत योगदानको कदर गर्नुपर्ने उहाले औल्याउन ुभयो । चित्रनारायणका ज्वाइ एवं पूर्वमन्त्री मणि थापाले माओवादीबाट तीनपटक प्रधानमन्त्री, धेरै पटक मन्त्री, भैसक्दापनि वेपत्ता, सहिद परिवारको आशु ज्यू का त्यू भएकोमा रोष प्रकट गर्नु भयो । उहाँले सत्य लुकिरहेकोमा खेद व्यक्त गर्नुभयो ।
संघिय सभाजवादीका नेता गंगानारायण श्रेष्ठले राज्यले प्राथमितकता दिने हो भने वेपत्ताको खोजविन संभव रहेको बताउनुभयो । शिक्षाविद गोविन्द गजुरेल, वेपत्ता पारिएका व्यक्ति छानविन आयोग सदस्य विश्वप्रकाश भण्डारी, श्रेष्ठका माइली छोरी रञ्जना श्रेष्ठ लगाएतले चित्रनारायणको योगदानको चर्चा गर्नुभएको थियो ।