बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका खतिवडा राप्रपा नेपालको केन्द्रिय सदस्यमा मनोनित

शनिवार , फाल्गुण २१, २०७८

सिन्धुली, – राप्रपा नेपालको केन्द्रिय सदस्यमा सिन्धुलीका बिष्णु खतिवडा मनोनयन हुनु भएको छ । पार्टी केन्द्रिय अध्यक्ष कमल थापाले खतिवडालाई केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएको हो । कमल थापाले राप्रपा छाडेर राप्रपा नेपाल ब्युँताउनु भएको थियो । राप्रपा नेपालले जिल्ला जिल्लामा कमिटि गठन गर्ने जनाएको छ ।

हिन्दू राष्ट्रलाई प्राथमिकतामा राखि नेपालको विरासतलाई निरन्तरता दिंदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेन्डा रहेको भन्दै थापाले राप्रपा नेपाल गडन गर्नु भएको थियो । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समय अनुकूल परिमार्जन गर्ने राप्रपा नेपालले जनाएको छ ।

खतिवडाले केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केको र संक्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया