बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मृल्यवृद्धिको विरोध गर्दै सिन्धुलीको सडकमा मोटरसाइकल डोर्‍याईयो

शनिवार , फाल्गुण २१, २०७८

सिन्धुली­ - सिन्धुलीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियूले सडकमा मोटसाइकल डोर्‍याउँदै प्रदर्शन गरेका छ । शुक्रबार सिन्धुलीमाढीको एमाले पार्टी कार्यालयबाट लोकतान्त्रीका चोक सम्म मोटसाइक डो¥याउँदै विरोध प्रदर्शन गरेका हुन् ।

र्‍याली लोकतान्त्रिक चोकमा पुगेर सम्पन्न भएको थियो । मोटरसाइकल डोर्‍याउँदै प्रदर्शनकारीले सांकेतिक विरोध जनाएको बताएका छन् ।’मोटरसाइकलमा पेट्रोलको मूल्य १५० पुग्यो अब त मुखको टेप खोलौं न मन्त्री ज्यू,’ ’माप्रसे सरकार कहाँ छ, यो मोटरसाइकल विक्रीमा छ,’ ’चरम मूल्यवृद्धिको विरोधमा सबै उत्रौं’, ‘कालोबजारीको अन्त्य गर मूल्यवृद्धि फिर्ता गर’ लगायत प्ले कार्ड र्‍यालीको क्रममा प्रदर्शन गरिएको थियो ।

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै अनेरास्ववियूका अध्यक्ष कृष्ण मोक्तानले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिएर महंगी नियन्त्रण नगरे सरकार विरुद्ध विद्यार्थीहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । सरकारले मूल्यवृद्धि साथै विभिन्न गलत काम गर्दै आएको बताउँदै उहाँले सम्पूर्ण नागरिक एक जुट भइ गलत कामको विरुद्ध लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया