बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेकपा (माओवादी केन्द्र ) दुधौली नगर कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न

शुक्रवार , फाल्गुण २०, २०७८

सिन्धुली­ नेकपा (माओवादी केन्द्र ) दुधौली नगर कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल, संघिय निर्वाचन क्षेत्र नम्बर एकका क्षेत्रीय इन्चार्ज मातृका भट्टराई तथा नगर इन्चार्ज घनश्याम बस्नेतको उपस्थितीमा विहिबार बैठक सम्पन्न भएको हो ।

माओवादी केन्द्र दुधौली नगर कमिटी अध्यक्ष दिपक खड्का अध्यक्षतामा भएकोले बैठकले विभिन्न बिभाग गठन गर्नुका साथै १४ वटै वडाको वडा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । माओवादी केन्द्र दुधौलि नगरको संघसंगठन बिभाग प्रमुखमा दिनेश अधिकारी , प्रचार प्रसारको प्रमुख(प्रवक्ता)मा सचिवालय सदस्य जस्मान दर्नाल जीवन लाई तोकिएको छ ।

त्यस्तै स्कुल बिभाग प्रमुख अर्जुन कार्की, उद्योग बिभाग प्रमुख रामसरण थापा, नगर कमिटीको कार्यालय सचिवमा जसमान दर्नाल जीवन र रामषरण तोकिएको जनाएको छ ।

बैठकलाई सम्बोधन गर्नुहूदै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दाहालले माओवादी केन्द्र लाई आगमी चुनावमा एक नम्बरको पार्टी बनाउन जनताको बिच चुस्त, दुरुस्त, स्पष्ट र जनपक्षीय कुरा लिएर जनताको बिच जानुपर्ने बताउनु भएको हो ।

प्रतिक्रिया