शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मंगलवार , फाल्गुण १७, २०७८

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ६ भुताहा खोला स्थित मदन भण्डारी राजमार्गमा ना ५१ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाको नवराजपुर गाउँपालिकाका २५ वर्षिया सविन यादवको मृत्यु भएको छ भने पछाडी सवार राकेश यादव गम्भिर घाइते छन् । उनलाई लालगढस्थित मोडल अस्पतालमा थप उपचारकालागि रिफर गरिएको छ । मरिणबाट हरिहरपुरगढितर्फ जादैँ गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

मृतक यादव मदनभण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडकखण्ड निर्माण कार्यमा संलग्न रहेको कालिका कन्स्ट्रक्सनका शाखा प्रबन्धक रहेको बुझिएको छ ।

प्रतिक्रिया