बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाली काँग्रेस सिन्धुलीको आज पुन मतदान हुने

सोमवार , फाल्गुण १६, २०७८

सिन्धुली – नेपाली काँग्रेस सिन्धुलीको मतगणना सम्पन्न भएको छ । सभापतिमा वर्तमान सभापति उज्ज्वल बरालले ४ सय २७, महासमिति सदस्य प्रेमचन्द्र दाहालले ३ सय ६१, पूर्वसचिव उपेन्द्र पोखरेलले ४ सय ८३, महासमिति सदस्य विश्वनाथ कोइरालाले १६ र उपसभापति खड्गबहादुर वाइवाले १ सय १ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्लामा आइतबार भएको निर्वाचनमा १ हजार ३ सय ८८ मत सदर भएको छ भने ५१ बदर भएको छ । सभापतिका लागि ५१ प्रतिशत मत ल्याउन पर्ने भएकाले सोमबार (आज) पुन निर्वाचन हुनेछ । सभापतिमा वर्तमान सभापति उज्ज्वल बराल र पूर्वसचिव उपेन्द्र पोखरेल विच प्रतिस्पर्धा हुने छ ।

जिल्लामा वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधि मतदाताका रुपमा जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५ सय ३५ जना मतदाता रहेकोमा १ हजार ४ सय ३९ मत खसेको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघिय निर्वाचन क्षेत्र नं. १ को ‘क’ मा ३ सय ४१ र संघिय निर्वाचन क्षेत्र नं. १ को ‘ख’ मा ४ सय १ मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । त्यस्तै संघिय निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा ३ सय ७२ र संघिय निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा ३ सय २६ मत खसेको थियो । नेपाली काँग्रेस सिन्धुलीको बिभिन्न ४३ पदका लागि ८७ जनाको उमेदवारी दर्ता भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टी केन्द्रिय कार्यालयको सर्कुलर अनुसार जिल्ला अधिवेशन मंसिर १० गते गर्नु पर्ने भएपनि त्यती बेला विविध कारणले स्थगीत भएको थियो ।

प्रतिक्रिया