सिन्धुली- सिन्धुलीमा सयुक्तमोर्चाले एमसिसिको विरोध गर्दै जिल्ला प्रशासन कार्यलय सिन्धुली घेराउ गरेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसंगको सम्झौता बिरुद्ध सयुक्तमोर्चाले सिन्धुलीले विहिबार दिनभरि प्रशासन घेराउ गरेको हो । सयुक्तमोर्चाले जिल्ला प्रशासन कार्यलय अगाडि “देश बेच्न पाइदैन, एमसीसी चाहिदैन । राष्ट्रघाति एमसिसि सम्झौता गर्न पाइदैन । गो ब्याक एमसीसी । राष्ट्रिय स्वाधिनता कायम गर ” लगातको नाराबाजी गरेका थिए ।
राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ भन्ने मुल नारा सहित नेकपा विप्लव का बिशेष समिति सदस्य बर्त बहादुर राइ(शसि) को नेतृत्वमा जिल्ला सेक्रेटरि गोपाल ब्लोन, फिक्कल गाउपालिका ईन्चार्ज अर्जुन राइ( बिश्वास), लगायत ३०/३५ जनाको संयुक्त मोर्चाले राष्ट्रघाति सम्झौता बिरुद्ध बिहिवार बाट १६ गते सम्म प्रशासन घेराउ गर्ने कार्यक्रम रहेको जनाउनु भएको छ ।