सिन्धुली– बागमती प्रदेश सरकारले सिन्धुलीको कमलामाई नगरपालिका १० मा खानेपानी आयोजना संचालनकालागि स्विकृती दिएको छ । प्रदेश सरकारले आयोजनाको स्विकृति दिएसँगै सिन्धुली क्षेत्र नम्बर १ को प्रदेशसभा १ अन्तर्गत कनपा १० मा १३ करोड १४ लाख ३९ हजार लागतमा खानेपानी आयोजनाको काम शुरु हुने भएको छ ।
सो क्षेत्रमा स्वच्छ खानेपानीको समस्या देखेपछि प्रदेश सांसद राजन दाहालले खानेपानीको व्वयस्था गर्न प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पहल गर्नुभएको थियो । दाहालले योजना स्विकृतकालागि पेश गरेको निवेदन मन्त्रालयले बिहिबार सदर गरेको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रिया छिट्टै शुरु हुने प्रदेश सांसद दाहालले जानकारी दिनुभयो ।
सिन्धुली क्षेत्र नम्बर १ को प्रदेशभा १ का सांसद तथा नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज दाहालले खानेपानी आयोजनाका लागि आवश्यकीय रूपमा पर्याप्त बजेट उपलब्ध गराएको बताउनुभयो । ‘समयमै आयोजनाको सम्झौता गरेर जनशक्ति तयारीका साथ प्रारम्भ गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्यो, अब आयोजनालाई बजेटको चिन्ता लिनुपरेन’, उहाँले भन्नुभयोे । आयोजनाबाट सो क्षेत्रका एक हजार बढि परिवार लाभान्वित हुने छन् ।
केहि साताखघि मात्रै दाहालकै पहलमा कमला नदि नियन्त्रणकालागि केन्द्र सरकार अन्तर्गत अर्थ मन्त्रालयले २५ करोडको विभिन्न योजना स्विकृति गरेको थियो ।