शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा टिफरको ठक्करबाट एकको मृत्युु

बिहिवार , फाल्गुण ५, २०७८

सिन्धुली- सिन्धुलीमा मंगलबार टिफरले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ देविस्थान स्थित विपी राजमार्गमा प्र. ३-०१-००३ क ५२५८ नम्बरको टिफरले ठक्कर दिदा ४५ वर्षिया टिकाराम शिवभक्तीको मृत्यु भएको हो ।

मृतक शिवभक्तीकै जग्गामा खाल्टो पुर्न ल्याइएको बालुवा बोकेको टिफरको पछाडी भागले ठक्कर दिँदा टाउकोमा चोट लागेको स्थानियले बताएका छन् । गम्भिर घाइते भएका शिवक्तीलाई सामान्य उपचार पश्चात धुलिखेल अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पतालमा पुुर्‍याएको केहि समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको स्थायी घर काभ्रेको रोशि गाउँपालिका १२ भएपनि हाल सिन्धुलीको सुनकोशीमै आफ्नै घरमा बसोबास गर्दै गरेको स्थानियले बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया