बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा पनि २७ औँ जनयुद्ध दिबस मनाइयो

सोमवार , फाल्गुण २, २०७८

सिन्धुली – माओबादी केन्द्र सिन्धुलीले २७ औँ जनयुद्ध दिबस जिल्लाका ९ वटै स्थानियतहमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु भएको दिनको स्मरणमा माओबादि केन्द्र सिन्धुलीले जिल्लाका नौ वटै स्थानिय तहमा विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको हो ।

जिल्लाको तिनपाटन गाउँपालिमा शहिदहरुको सम्झाना तथा शुुभकामना आदान प्रदान गरी दिवस मनाइएको छ । माओबादी केन्द्र तिनपाटन गाउँपालिकाका अध्यक्ष आनन्द कार्कीको अध्यक्षता तथा तिनपाटन गाउँपालिका इन्चार्ज अशोक पुलामी मगरको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिका इन्चार्ज अशोक पुलामीले गाउँपालिकामा सहिदहरुको सम्झनामा सहित पार्क निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले जनयुद्धमा तिनपाटन गाउँपालिकाका १७ जना सहिद भएको बताउँदै सहिदहरुको सम्झनामा सहिद पार्क निर्माण गरिने बताउनु भयो ।

दुधौली नगरपालिकामा पनि जनयुद्ध दिवस शुभकामना आदान प्रदान गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ दुधौलि नगरका इन्चार्ज तथा बागमति प्रदेश सदस्य मातृका भट्टराईले २०५२ सालबाट सुरु भएको १० बर्षिय जनयुद्धले महिला, दलित, आदिबासी, जनजाती, उत्पीडनलाई दुर्गम क्षेत्रको समुदाय सम्पुणको मुक्ति भएको बताउनुभयो । सोहि आवाज उठाउने क्रममा जनयुद्धमा सहिद भएका, घाइते तथा अपाङगको सम्झनामा शुभकामना दिइएको उहाँले बताउनुभयो । हाल सम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नको निमित्त सबैलाई प्रेरणा मिलोस् भन्दै उहाँले उपलब्धिहरुको गर्भका साथ आत्मसाथ गर्नुपर्न बताउनुभयो । साथै अहिले माओबादिको हातमा बन्दुक नभएपनि माओबादिले स्थापित गरेका आदर्श, मुल्यमान्यतालाई भुल्न नहुने भट्टराईको भनाइ छ । दुधौलि नगरपालिकामा जनयुद्धमा १५ जना सहिद ,३ जना बेपत्ता र ४ जनालाई गोलीछर्रा लागेको उहाँले बताउनुभयो ।

माओबादी केन्द्र दुधौली नगरका अध्यक्ष दिपक खड्काको अध्यक्षता तथा दुधौलि नगरका इन्चार्ज तथा बागमति प्रदेश सदस्य मातृका भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओबादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कमलामाई नगरपालिकामा २७ औँ जनयुद्ध दिवसको अवसरमा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओबादी केन्द्रका नगर अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षता तथा माओबादी केन्द्र बागमति प्रदेश सहसचिब प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सहिदहरुको सम्झानामा २७ औँ जनयुद्ध दिबस मनाइएको हो । माओबादी केन्द्र बागमति प्रदेश सहसचिब प्रकाश श्रेष्ठले २०५२ फागुन १ गते थालनी भएको आज २७ औँ बर्षको दिन सहिदहरुप्रति उच्च सम्मान गदैँ जनयुद्धका मुद्धा एजेण्डाहरु सबै प्राप्त भयो । उक्त एजेण्डाहरुलाई सँस्थागत गर्न पार्टी पुन लाग्नु जरुरी रहेको बताउनुभयो ।

मरिण गाउँपालिकामा पनि २७ औँ जनयुद्ध दिवस भब्यताको साथ मनाइएको छ । माओबादी केन्द्र मरिण गाउँपालिकाको आयोजनामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेर दिवस मनाइएको हो । हरिहरपुरगढि गाउँपालिकाले २७ औँ जनयुद्ध दिवसको अबसरमा पार्टी कार्यलय उद्घाटन गरको छ । बागमति प्रदेश सांसद तथा माओबादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा २७ औँ जनयुद्ध दिवसको अबसरमा पार्टी कार्यालय उदघाटन गर्नुभएको हो ।

त्यस्तै सुनकोसी गाउँपालिकाले पनि शुभकामना आदान प्रदान गरी २७ औँ जनयुद्ध दिवसको भब्यताको साथ मनाएको छ । फिक्कल गाउँपालिका,गोलन्जोर र फिक्कल र घ्याङलेख गाउँपालिकामा पनि २७ औँ जनयुद्ध दिवस मनाइएको छ । साथै जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमाढीको लोकत्रान्त्रीक चोकमा दिप प्रज्ज्वलन समेत भएको थियो ।

प्रतिक्रिया