बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा राहतका राजनीति,मत माग्न हानाथाप

शनिवार , माघ २९, २०७८

सिन्धुली – नेपाली काँग्रेस वाग्मती प्रदेश समितिका सभापति इन्द्र बानिया जम्बो टोली सहित दुई दिन अघि सिन्धुलीको दुधौली र कमलामाई नगरपालिकाका जंगलीहात्तीको आक्रमणबाट पीडित भएका परिवारलाई राहतको प्याकेज लिएर घर दैलोमा पुग्नु भयो । वाग्मती प्रदेशसभा संसदीय दलका नेता समेत रहनु भएका सभापति बानिया सग प्रदेश समितिका सबै जसो पदाधिकारीहरु, स्थानीय नेता कार्यकर्ता लगाएतको टोली कमलामाई नगरपालिका वडा नं १४ को चन्दनपुर, दुधौली नगरपालिका ३ को कालापानी र वडा नं ११ को टाडीमा पुगेर नगद सहितको राहत बितरण गर्‍यो ।

सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति तोकेपछि राजनीतिक दलले गाउ केन्द्रित भएर मतदाता आकर्षण गर्न खोजेको यो पहिलो कार्यक्रम थियो । दुधौली नगरपालिकाको वडा नं २,३,६, ११ र कमलामाई नगरपालिकाको वडा नं १३ र १४ का हात्तीको आक्रमणबाट पीडित १४० परिवारलाई खाद्यान्न, सिरक र प्रति परिवार नगद पा“च हजार काँग्रेस वाग्मती प्रदेश समितिले बितरण गरेर आसन्न स्थानीयतहको निर्वाचनमा काँग्रेसलाई जिताउन मत समेत मागेको छ । राहत बितरण काँग्रेस वाग्मती प्रदेश समितिको भएपनि यहाका स्थानीयतहरुका आकाँक्षी हरुले भरपुर फाइदा लिने प्रयास गरे ।

दुधौली नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा ७ हजार ९०० मत ल्याएर नेपाली काँग्रेसकी गंगा दाहाल तेस्रो हुनु भएको थियो । एमालेका घनश्याम राउतले काँग्रेस उमेद्वार दाहालभन्दा ६९८ मत बढि ८ हजार ५९८ ल्याएर विजयी भयो । निकटत प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका दिनेश अधिकारीले ८ हजार २२३ मत प्राप्त गर्नु भएको थियो । जंगली हात्ती आक्रमण पीडितलाइ कालापानीको राहत बितरण समारोहमा प्रदेश सभापति बानिया“ले गत स्थानीय निर्वाचनमा थोरै मतले पराजित हुन भएको दाहाललाई यो पटक विजयी गराउन आह्वान गर्नु भयो ।

काँग्रेस गरिव दिन दुःखीको भएकाले आउदो निर्वाचनमा मत दिएर काँग्रेस उमेद्वारलाई विजयी गराउन म आह्वान गर्दछु, उहाँले भन्नु भयो, “प्रदेश सरकारबाट थप राहत र काँग्रेसको नेतृत्वमा सरकार भएपछि सबै पीडितलाइ घर नै बनाई दिन्छु ।” बानियाले दाहालको नाम लिएर मत मागेपछि काँग्रेसका अन्य नगरप्रमुखका आकाँक्षीहरु रुष्ट भएका थिए । “प्रदेश भित्र पीडामा परेका नागरिकलाइ क्षणीक मल्हमपट्टी लगाउन न्यानो सिरक, चामल, नुन, तेल र नगद प्रदान गरेका छौ”, सभापति बानियाले भन्नु भयो, “हात्तीबाट भएको क्षतीको परिपुर्ण गर्न प्रदेश सरकारबाट थप राहतको व्यवस्था गरिदिन्छु । गठबन्धनको सरकार भएकाले मेरो कुरा सुनुवाइ हुन्छ ।”

निकट भविष्यमै आफ्नै नेतृत्वमा वाग्मती प्रदेश सरकार बन्ने आसय व्यक्तगर्दै सभापति बानियाले हात्ती पीडितलाइ घर नै बनाइदिने वचन दिनु भयो । “हामीले प्रदेश सरकारको नेतृत्वलिने वित्तिक्कै हामी घर बनाइ दिन्छौ”, सभापति बानिया“ले भन्नु भयो, “सरकारसग भएको पैसा के का लागि । गरिव दिन दुखीका लागि त हो नी ।” काँग्रेस प्रदेशसभा संसदीय दलका नेता बानिया र एकीकृत समाजवादीका वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे बीच मुख्यमन्त्रीमा आधा–आधा कार्यकालको सहमती भएको बताइएको छ ।

सोही सभामा काँग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेले वडा तह देखि नै काँग्रेसका उमेद्वारहरुलाई विजयी गराउन मतदातालाई अनुरोध गरे । विकासका वाचाहरु पुरा गर्ने उहाँले आश्वासन दिनु भयो । तीस्थानमा पीडित परिवारलाई एकत्रित गरि राहत बितरण गरिएको थियो । नगद ७ लाख, खाद्यान्ह लगाएतका सामाग्री ८ लाख गरि १५ लाख बराबरको राहत जंगली हात्ती पीडितलाइ बितरण गरिएको संयोजनकर्ता गंगा दाहालले जानकारी दिनु भयो । आर्थिक स्रोत प्रदेश समितिका पदाधिकारी र सदस्यबाट संकलन गरिएको उहाँले जानकारी दिनु भयो ।

एक महिना अघि माओवादी जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहालको नेतृत्वमा जंगली हात्ती आक्रमण पीडितलाइ घरघरै पुगेर खाद्यान्ह तथा लताकपडा लगाएतको राहत बितरण गरेको छ । सो अवसरमा अध्यक्ष दाहालले पनि आंशिक राहतका साथै पीडित सबैको नया“ घर निर्माण गरि दिने वचन दिनु भयो । माओवादी केन्द्र दिनदुःखीको पार्टी भएकाले निर्वाचनमा मत दिन टोली अनुरोध गर्‍यो ।

लगत्तै एमालेको टोली पीडितको घर दैलोमा नुनतेल, चामल, न्यानो कपडा लिएर पीडितकोमा पुग्यो । एमाले मात्र गरिबको सच्चा सारथी भएकाले अरुका कुरा भ्रम रहेको टोलीले जिकिर गर्‍यो । दुधौली नगरपालिकाको स्रोतमा एमाले पार्टीको नाम बिकाएर फाइदा लिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो ।

स्थानीयका अनुसार दुई महिना अघि दुधौलीबाट छिरेका तीन वटा संख्यामा रहेका जंगलीहात्ती रानीवासको सुनखानीआसपासमा रहेका छन् । ती हात्तीले घर भत्काउने, भकारीको अन्नखाने, तरकारी तथा बालीमाक्षती पु¥याउने, केरा खेती नष्ट गर्ने लगाएतका उपद्रो गर्दै आएका छन् ।

प्रतिक्रिया