बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

संयुक्तमोर्चा सिन्धुलीद्धारा बिरोध प्रदर्शन

बुधवार , माघ २६, २०७८

सिन्धुली – संयुक्तमोर्चा सिन्धुलीद्धारा एमसिसि र पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्ध बुधवार सिन्धुलीमाढीमा बिरोध प्रदर्शन गरेको छ । राष्ट्रघाति एमसिसि र पेट्रोलियम पदार्थको मुल्य बृद्धि नेपाली जनताको हित बिपरित रहेको भन्दै संयुक्तमोर्चा सिन्धुलीले बिरोध प्रदर्शन गरिएको हो ।

एमसिसि चाहिदैन देश बेच्न पाइदैन,राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर,राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर भन्दै संयुक्तमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार सिन्धुली जिल्लामा पनि बिरोध प्रदर्शन गरिएको जनाइएको छ ।

बिरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै अखिल क्रान्तिकारी बिद्यार्थी संगठन (विप्लब समुह)का केन्द्रिय सदस्य मिन बहादुर एडिले जनातको ढाड सेक्ने गरि बढाइएकोे पेट्रोलियम पदार्थको मुल्य बृद्धि सरकारले तुरुन्त फिर्ता गर्नु पर्ने माग गर्नु भयो । त्यस्तै उहाँले नेपालको राष्ट्रिय स्वाधिनतानै नरहने गरी नेपाल सरकारले पास गर्न लागेको एमसिसि कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया