सिन्धुली – नेपाली काँग्रेस सिन्धुली निर्बाचन क्षेत्र नं. १ को महासमिति सदस्य निर्बाचन मंगलबार ११ जना महासमिति सदस्यहरु सर्बसम्मत निर्बाचित गर्दै सम्पन्न भएको छ ।
नेपाली काँग्रेस जिल्ला निर्बाचन समिति संयोजक अरुणकुमार थिङका अनुसार नेपाली काँग्रेसको १४ औ महाधिवेनमा उक्त क्षेत्रबाट निर्बाचित महाधिवेशन प्रतिनिधिहरु २६ जना मध्येबाट महासमिति सदस्यमा ११ जना सर्बसम्मत निर्बाचीत बन्नु भएको हो ।
निर्बाचन क्षेत्र नं. १ को महासमिति सदस्य निर्बाचनमा प्रत्यक्ष तर्फ दुई जना महिला सहित सात जना र समाबेसीबाट चार जना गरी ११ जना महासमिति सदस्यमा सर्बसम्मत निर्बाचित बन्नु भएको उहाँले बताउनुभयो ।
प्रत्यक्ष तर्फ उज्ज्वलप्रसाद बराल, मोहनप्रसाद बराल, प्रेमचन्द्र दाहाल, प्रेमप्रसाद भट्टराई, गोबिन्दप्रसाद पहाडी, गंगा दाहाल राउत र ईन्दिरा निरौला महासमिति सदस्यमा निर्बाचित बन्नु भएको छ । त्यस्तै समाबेसी तर्फ सुबास कार्की, रितबहादुर परियार, कृष्णमुरारी गुरुङ र भद्रा मगर महासमिति सदस्यमा निर्बाचित बन्नु भएको निर्बाचन समिति संयोजक थिङले जानकारी दिनुभयो ।
निर्बाचित महासमिति सदस्यहरुलाई मतदान अधिकृत सागर बरालले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।