बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमालेको भातृ संगठनद्वारा मसाल जुलुस प्रदर्शन

सोमवार , माघ १७, २०७८

सिन्धुली– नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपालका जिल्ला संगठनले सिन्धुलीको सदरमुकाम सिन्धुलिमाढिमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

सरकारले स्थानीय निकायको चुनाव घोषणा गर्न ढिलाई गरेको, मन्त्री रेणु यादवले गैर संवैधानिक सरकारी अभिव्यक्ति दिदापनी बर्खास्त नगरेको, अत्यधिक मूल्य वृद्धि गरेको भन्दै आइतबार सडक आन्दोलनमा उत्रिएको अनेरास्ववियुका सिन्धुली जिल्ला सहसचिव, सुनकोसी गाउपालिका र सिन्धुली बहुमुखी क्याम्पस इन्चार्ज तथा सिन्धुली बहुमुखी क्याम्पस कमिटी संयोजक लोकेन्द्र बोगटीले बताउनुभयो ।

युवा संघ र अखिलका कार्यकर्ताले सिन्धुली माडीस्थित पार्टी कार्यालय देखि लोकतान्त्रिक चोक (जुनार स्तम्भ)अगाडि सम्म मशाल जुलस निकाली कोण सभा गरेको थियो । २०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न, सरकारमा बसेर खुलम्मखुला विध्वंस मच्चाउने खालका अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न र अन्यासै सर्बसाधारण जनतालाई मार पर्ने गरि गरिएको मुल्य वृद्धि फिर्ता गर्न अनेरास्ववियुले माग गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि संघ र प्रदेश सरकारले समेत समयावधि थप गर्न नसक्ने र कर्मचारीहरुले मात्र नगरपालिका र गाउँपालिका सञ्चाल गर्न नसक्ने अवस्था रहेकोतर्फ अनेरास्ववियु र राष्ट्रिय युवा संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले कार्यकाल सकिनु दुई महिना अगाडी नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै अनेरास्ववियुले तत्काल निर्वाचन नभए आगामी साउनबाट बजेट समेत खर्च गर्न सक्ने अवस्था नरहेको जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा नभए सशक्त आन्दोलनमा उत्रिने केन्द्रिय निर्देशन बमोजिम जिल्लामा विरोध प्रदर्शन गरिएको बोगटीले बताउनुभयो ।

प्रतिक्रिया