सिन्धुली, ११ माघ - कमलामाई नगरपालिका १० का दुई दर्जन भन्दाबढीले सोमवार नेकपा एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका छन् ।नेकपा एमालेको युवा संघ जिल्ला कमिटि सदस्य कमल कार्की र एमालेको कमलामाई नगरपालिका १० नम्बर वडा कमिटिका सचिव दिनेश कार्कीको नेतृत्वमा २८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज राजन दाहालले एक कार्यक्रमका बिच पार्टीमा स्वागत गर्नुभएको छ ।