शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटसाइकल दुर्घटनामा एकको मृत्यु

आइतवार , माघ ९, २०७८

सिन्धुलीमा मोटसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । काठमाडौँबाटगाइघाट तर्फ जादै गरेको बा ९६ प ६७४० नम्बरको मोटसाइकल विपि राजमार्ग स्थित कमलामाई नगरपालिका ३ पौवागढीमा आइतबार बिहान ९ बजेको सयममा आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ मोटसाइकल चालकको मृत्यु भएको हो । चालक उदयपुर त्रियुगा नगरपालिका ७ का २८ वर्षिय मान बहादुर खत्रीको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटसाइकल चालक खत्री बिपि राजमार्गबाट २५ फिट तल झरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया