सिन्धुली – कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भन्दै प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि मेयर खत्रीले बैशाखमा प्रथम चरणको स्थानिय तहको निर्वाचन हुनुपर्ने भन्दै विज्ञप्ती जारी गर्नुभएको हो ।
“लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । स्थानिय सरकार भनेको प्रत्यक्ष जनताका काम सँग जोडिने सबैभन्दा आधारभुत तहको सरकार हो । स्थानिय सरकार खाली राख्ने परिकल्पना नेपालको संविधान ०७२ ले गरेको छैन । स्थानिय तह खालि राख्नु भनेको संविधानको मुल मर्म जन अधिकार माथिकै प्रहार भन्ने मेरो ठहर रहि आएको छ ।” मेयर खत्रीद्धारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।
जनताको मताधिकारलाई कुण्ठित गर्ने, स्थानिय सरकार विहिन स्थानिय तह बनाउने र म्याद थप्ने जस्ता विषयले लोकतन्त्रलाई कमजोर बनाउने मेयर खत्रीले बताउनुभएको छ । राजनितिक अभिष्ठ पूरा गर्न सिंगो लोकतान्त्रिक संस्थामाथी नै प्रहार हुने गरि आएका नेताहरुका अभिव्यक्ति, संचारमाध्यममा आएका समाचारले आफ्नो गम्भिर ध्यानाकर्षण भएको मेयर खत्रीले विज्ञप्तीमार्फत भन्नुभएको छ । एउटा निर्वाचित जनप्रतिनिधिका हिसाबले कुनै पनि बाहानामा स्थानिय तहको निर्वाचन सार्ने कार्य बिल्कुलै बेठिक हुने उहाँले बताउनुभयो ।
जनताले आफ्नो अधिकार संविधानले मुल मर्म अनुसार नै प्रयोग गर्ने गरि नै समय मै स्थानिय तहको निर्वाचन गराने बातावरण बनाउन निर्वाचन आयोग, केन्द्रिय सरकार, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगाएत सम्पूर्णलाई मेयर खत्रीले विज्ञप्तीमार्फत अपिल गर्नुभएको छ ।
