बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा नेकपा एसको संगठन विस्तार तीव्र

सोमवार , माघ ३, २०७८

सिन्धुली, – सिन्धुली जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले संगठन बिस्तारलाई तीव्रता दिएको छ ।

केही महिना अघि नेकपा (एमाले)बाट विभाजन भई गठन भएको नेकपा एसले अहिले पालिका स्तरिय र वडा स्तरिय कमिटी धमाधम गठन भई रहेको उक्त पार्टीले जनाएको छ । नेकपा एसका जिल्ला अध्यक्ष सुर्य पाख्रिनका अनुसार नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा अहिलेसम्म सुनकोसी गाँउपालिका,तीनपाटन गाँउपालिकामा र गोलन्जोर गाँउपालिकामा ,दुधौली नगरपालिकापालिकास्तरिय कमिटी गठन भएको छ ।

भने सोमबार उक्त कमिटी गठन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले अहिले जिल्लामा सङगठन बिस्तारलाई तीब्रता दिएको जानकारी दिदै उहाँले माघमहिना भरिमा पालिकास्तरिय कमिटी गठन गर्ने योजना रहेको पनि सुनाउनुभयो ।

त्यस्तै ७९ वठा रहेको सिन्धुली जिल्लामा अहिलेसम्म नौ वटामा वडास्तरिय कमिटी गठन भएको उक्त पार्टीले जनाएको छ । कमलामाई नगरपालिकाका १४ वटा वडा मध्ये वडा नं. १, ६, ८ र १० मा, दुधौली नगरपालिकाको १४ वटा वडा मध्ये वडा नं. ३, १०, ११ र १२ मा र तीनपाटन गाँउपालिकाको वडा नं. ७ मा वडा कमिटी गठन भएको छ ।

अन्य वडामा पनि क्रमसः वडा स्तरिय वडा कमिटी गठन गरिने जिल्ला अध्यक्ष पाख्रिनको भनाई छ । उहाँले भन्नुभयो, “धमाधम पालिका र वडास्तरिय भेला गराई संगठन निर्माणमा जुटि रहेको छ । सबै ठाँउमा उत्साह जनक उपस्थिती रहेको छ ।” सिन्धुली जिल्लामा जनवर्गीय सङ्गठन पनि निर्माण भइरहेको उक्त पार्टीले जनाएको छ । अखिल नेपाल महिला सङघ, युवा संघ नेपाल र खेलकुद महासंघ गठन भई सकेको छ ।

त्यस्तै उक्त पार्टीले संगठन नर्माणकै क्रममा विभिन्न बिकृती र बिसङगती बिरुद्ध जिल्लामा सचेतनामुलक सन्देश लेखिएको स्टीकर वितरण अभियान सुरु गरेको जनाएको छ । ‘हामी जातपातमा विश्वास गर्दैनौं । हाम्रो घरमा सबै जातजातीका मानिसलाई प्रवेश खुला छ’, ‘मानिस बोक्सो वा बोक्सी हुदैन, बोक्सो वा बोक्सी हुन्छ भन्नु अन्धविश्वास हो । कसैलाई पनि बोक्सो वा बोक्सी भनेर आरोप लगाउनु सामाजिक साँस्कृतिक र कानुनी अपराध हो’, ‘हरेक क्षेत्रमा महिलाको सुरक्षा र सम्मान गरौं, महिला हिँसा बन्द गरौं’ लगायतका सन्देस मूलक स्टिकर बितरण सुरु गरेको नेकपा एकले जनाएको छ ।

पार्टीको कार्यक्रम अनुसार सचेतनामुलक सन्देश लेखिएको स्टीकर सार्वजनिक स्थल, चोक, चौतारा, सार्वजनिक तथा नीजि सवारी साधन, जिल्लाको सदरमुकाम लगाएत अन्य बजारका पसलहरुमा सबैले देखिने गरी टास्नुका साथै वितरण गरेको जिल्ला अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा स्टीकर टास्नुका साथै जिल्लाका नौ वटै स्थानिय तहका नागरिकको घर घरमा पुगेर स्टीकर वितरण गरि रहेका छौं ।”

प्रतिक्रिया