सिन्धुली– बिषादी न्यनिकरण तथा सिट्रस ग्रिनिङ रोग सम्बन्धमा सरोकारवाहरु सँग जिलास्तरीय गोष्ठि कार्यक्रम सिन्धुलीमाढीमा समपन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपरजोन सिन्धुली र कृषि ज्ञान केन्द्र सिन्धुलीको आयोजनामा मंगलबार कार्यक्रम भएको हो ।
जिल्लाको जुनार तथा सुन्तला जातको फलफुलमा सिट्रस ग्रिनिङ रोग देखा परेकाले त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ बालि संरक्षण अधिकृत मेघनाथ तिमल्सिनाले जुनारको बगैचामा लागेको सिट्रस ग्रिनिङ रोग २०४० सालमा सिन्धुलीको खुर्कोट क्षेत्रमा देखा परेको बताउनुभयो । यो रोग जुनारको नर्सरीबाटै लाग्न सक्ने उहाँको भनाइ थियो । जिल्लामा जुनारको बिरुवा बाह्य जिल्लाबाट ल्याइएको र बिरुवामै सो रोग भित्रिएको बताउनुभयो । साथै उहाँले जुनारमा सिट्रस ग्रिनिङ रोग संघ,प्रदेश र स्थानिय सरकारको समन्वयमा मात्रै नियन्त्रण सम्भब भएको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै जुनार बिषेषज्ञ भैरबराज कैनिले जुनारको प्रमुख चुनौति तथा अन्य बिषयमाथि माथि प्रकास पार्नुभयो । उहाँले कलमि बिरुवा उत्पादन तथा बितरण,जरा तथा फेद कुहिने रोग,उत्पादित फलको बजारीकरण,जुनार पलको औँसा तथा ग्रिनिस रोग जुनारको प्रमुख चुनौति रहेको कैनिले बताउनुभयो ।कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन हुमागाईले सिन्धुलीमा पहिलेनै देखा परेको रोग पुन जुनारमा देखा परेको उहाँको भनाइ छ । हुमागाई सिट्रस ग्रिनिङ रोग लागेपछि जुनारमा देखिने लक्षण र नियन्त्रणको बिषयमा स्पष्ट पार्नुभयो ।
जिल्ला समन्वय समिती सिन्धुलीका सम्योजक शंकरराज बर्मा तिवारीको अध्यक्षतामा भएको गोष्ठिमा जुनार बिषेशज्ञ भैरबराज कैनि,बरिष्ठबालि संरक्षण अधिकृत मेघनाथ तिमल्सिना,बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल,बिनोद खड्का कृषिज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन हुमागाई लगायत सिन्धुली तथा रामेछापका जुनारका कृषकहरुको उपस्थिती रहेको थियो ।