सिन्धुली,१९ पुस – सामाजिक संजाललाई उपयोग गर्न जाने समय बिताउने मात्र हैन त्यसबाट लाखौँ कमाउन सकिन्छ भन्ने उदारण बनेकी छन् सिन्धुलीकी १९ वर्षिय युवति । सिन्धुलीको कमलामाई नगरपालिका ६ पानिट्याकिकी १९ वर्षिय सबिना पोखरेल टिकटक लाइभबाट महिनामै लाखाँै कमाउन सफल हुनुभएको छ ।
समय बिताउन तथा मनोरन्जनको लागि टिकटक लाइभ बस्ने गर्नुभएको सबिना अहिले टिकटक लाइभमा अरुले दिएको गिफ्ट बाट लाखौँ कमाइ हुने गरेको बताउनुहुन्छ । “रमाइलोको लागि टिकटक लाइभमा बसिन्थ्यो । कहिले काहिँ अल्छि लाग्दा टिकटक चलाउथे ।” उहाँले भन्नुभयो, “टिकटक चाहिँ अगाडि देखिनै चलाउथे । तर लाइभ भने त्यति धेरै बस्दिन थिए ।” टिकटक लाइभमा आएको गिफ्टबाट पैसा आउछ भन्ने उहाँलाइ थाहै थिएन् । टिकटक बाटै चिनेको एक दाइले गिफ्टबाट पैसा आउने सल्लाह दिनुभयो । दाइको सल्लाह र सहयोगबाट सबिनाले टिकटक लाइभमा आएको गिफ्ट मोनिटाइज गर्नुभयो ।
असोज महिनामा टिकटक लाइभमा आएको गिफ्टबाट पहिलो पटक १५ हजार रुपैया उहाँको खातामा आयो । त्यसपछि उहाँ धेरै समय सम्म लाइभ बस्ने, टिकटकमा भाइरल भएका साथिसँग लाइभमा गेम खेल्न सुरु गर्नुभयो । “अहिले एक महिना भयो, धेरै नै टिकटकमा लाइभ बस्छु । लाइभबाटै टिकटकमा भाइरल भएका साथिहरुसँग गेम खेल्छु । त्यसपछि त्यहाँ मलाई सपोट गर्नेहरुले मलाई गिफ्ट पठाउँ छन्,” उहाँले भन्नुभयो, “आफ्नो पढाइ सकेपछि अरु समय टिकटक लाइभ मै बस्छु । धेरै चाहिँ रातको समयमा लाइभ बस्छु । ”
सविनाले अहिले महिना मै लगभग एक लाख सम्म टिकटक लाइभमा गिफ्ट प्राप्त गर्नुहुन्छ । ३ महिना अघिबाट टिकटक लाइभमा बसेर पैसा कमाउन सुरु गर्नुभएको उहाँले अहिले सम्म लगभग तिन लाख रुपैया कमाइ गरिसकेको सुनाउनुभयो । “३ महिना भयो टिकटकमा लाइभ बस्न थालेको र पैसा आउन थालेको, धेरै जना साथिहरुले मलाइ मन पराएर गिफ्ट पठाउनु हुन्छ । धेरै जसो नेपाल बाहिर रहेकाहरुले गिफ्ट दिनुहुन्छ,” उहाँले भन्नुभयो ।
सिन्धुली बहुमुखि क्याम्पसमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहन भएकको सबिना टिकटक लाइभबाट पैसा कमाइ हुन थालेपछि आफ््नो पढाइ खर्च आफैले पु¥याउने गरेको बताउनुहुन्छ । टिकटकबाट आएको पैसाले आफ्नो घर बनाउन समेत सहयोग गरेको उहाँले सुनाउनुभयो ।
टिकटकबाट पैसा कमाइ हुने कुरा धेरैले विश्वास गर्दैनन् । वास्तवमा टिकटक लाईभमा बसेपछि देश तथा बिदेशबाट गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर एकाउण्टमा बस्छ निकाल्न मिल्छ उक्त रकम डलर हुँदै नेपाली रुपैया झिक्न मिल्छ ।