सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाउँकमिटीको पहिलो पुर्ण बैठक बसेको छ । बैठकमा आगामी २३ गते हुन लागेको पार्टीको जिल्ला अधिवेशन सफलतापुर्ण तरिकाले सम्पन्न गर्न पार्टीको सर्कुलर अनुसार शनिबार पुष १७ गते पालिका तथा पालिकाको ७ वटै वडाको भेला बोलाएर प्रतिनिधी छनोट गरी जिल्ला अधिवेशनमा सहभागी हुने निर्णय भएको छ । साथै पालिकाको सातै वटा वडामा चाडै पार्टी कार्यालयको निर्माण समेत गर्ने निर्णय गरेको गरिएको छ ।
सम्पन्न बैठक नेकपा एमाले सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षता तथा सुनकोशी गाउँपालिका ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै बिशेष अतिथिमा पार्टीको बागमती प्रदेश सदस्य बद्री बहादुर दाहाल, उद्धव कोईराला, जिल्ला सचिवालय सदस्य भरत लामा, जिल्ला सदस्य मिथुला प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।