बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

काँग्रेस सिन्धुलीमा सभापतिमा छ जना आकांक्षी

शनिवार , पौष १७, २०७८

सिन्धुली, १७ पुस – नेपाली काँग्रेस सिन्धुलीको सभापति पदका लागि छ जना चुनावी मैदानमा उत्रिने घोषण गरेको छन्् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।

वर्तमान जिल्ला सभापति उज्ज्वलप्रसाद बराल दोहोरिने रणनीतिमा हुनु हुन्छ । शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै उहाँ सभापतिमा दोहो¥याउने तयारीमा हुनु हुन्छ । तर कोइराला समूहकै वर्तमान उपसभापति खड्गबहादुर वाइबा र पूर्वसचिव उपेन्द्र पोखरेल र सिन्धुली काँग्रेसका पुराना नेता बिश्वनाथ कोइराला पनि सभापतिका दाबेदार हुनुहुन्छ ।

यस्तै देउवा समूहबाट माणिक ढकाल र प्रेमचन्द्र दाहालले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुट्नु भएको छ । जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ । जिल्लामा वडा अधिवेशनबाट एक हजार पाँच २० जना क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला निवार्चन समिति सदस्य कृष्णहरि ढुंगेलका अनुसार क्रियाशील सदस्यको आधारमा एक वडा बाट १६ देखि ५० जना सम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला समितिले १८ हजार ३ सय ५० क्रियाशील सदस्य सिफारिस गरेकामा सोहि अनुसार सदर भएर आएको ढुगेंलले बताउनु भयो ।

जिल्लामा नयाँ मात्र झण्डै ९ हजार १ सय ७५ जना क्रियाशिल सदस्य थप भएका छन् । जिल्ला समिति सभापति सहित ५० जनाको हुने छ । जिल्लामा निर्वाचन क्षेत्र एक र दुई गरि जम्म दुइ क्षेत्र छ ।

यसअघि अधिवेशन मंसिर १० गते हुने भनिए पनि नेपाली काग्रेस दुधौली नगरकमिटि इन्चार्ज तथा दुधौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुमार बस्नेतको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो ।

यसै जिल्लाबाट नेपाली काँग्रेसको स्थापना पछि पहिलो पटक श्याम घिमिरे र शुसिला थिङ गरि दुईजना जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभएको छ । श्याम घिमिरे भने यस अघि मनोनित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । सिन्धुलीमा लेखबहादुर खड्काले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।

प्रतिक्रिया