सिन्धुली,१० पुस – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि सिन्धुलीबाट १५ जना छनोट भएका छन् । पुस ११–१३ गते काठमाडौँमा तय भएको माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा सिन्धुलीबाट केन्द्रीय सदस्यसहित १५ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।
राष्ट्रिय सम्मेलनमा महिला खुल्लाबाट सबिता कोइराला , दिपा बोहोरा दाहाल र मिथिला फुयाँल छनोट हुनु भएको छ । खुल्लाबाट पानीराज बम्जन, ज्वाला प्रसाद न्यौपाने (पुकार), मातृका भट्टराई, प्रकाश श्रेष्ठ, धन बहादुर पुलामी (अशोक), बज्र वाइबा र मुरारी भन्डारी सर्बसम्मत चयन हुन भएको छ । यस्तै दलितबाट दिल बहादुर बि.क.छनोट हुनुभएको नेकपा माओवादी बागमति प्रदेश कमिटि सदस्य तथा सिन्धुली जिल्ला पार्टी स्कुल विभाग प्रमुख ज्वाला प्रसाद न्यौपाने पुकारले जानकारी दिनुभयो ।
सम्मेलन आयोजक समिति स्वत प्रतिनिधि हुने व्यवस्था रहेकाले सिन्धुलीका आयोजक समितिका ४ जना स्वत प्रतिनिधि छन् । जसमा हरिबोल गजुरेल स्थायी समिति सदस्य, राजन दाहाल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, बृद्धिमान माझी केन्द्रीय अनुशासन आयोग सदस्य र राम कुमार पौडेल केन्द्रीय सल्लाकार रहेका छन् ।
माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । सिन्धुलीका नौ वटा स्थानिय तहका ७९ वटा वडामा नेतृत्व चयन भइसकेको छ ।