सिन्धुली – सिन्धुलीमा ट्याक्टर चोरलाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टर चोरी गर्ने कमलामाई नगरपालिका ४ पोख्रेलगाउँका २० वर्षिय सुमन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीले बुधबार राती अन्दाजी राढे १२ बजेको समयमा कमलामाइ नगरपालिका ४ ढकालगाउँका पञ्चमान वाईबाको घरको आँगनमा पार्किङ गरी राखेको ना ७ त ४४९ नं.को ट्याक्टर अन्य चाबिको प्रयोग गरी लग्दै गरेको अवस्थामा मिलनचोक पुल नजिक प्रहरीले फेला पारेको थियो । ट्याक्टर चोरी गर्ने सार्किलाई पक्राउ गरि जिल्ला अदालत सिन्धुलीबाट ७ दिन म्याद लिई आबश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।