शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कोरोनाबाट मृत्यु भएको परिवारलाई ५० हजार आर्थिक सहयोग

शुक्रवार , मंसिर १७, २०७८

सिन्धुली – सुनकोशी गाउँपालिकाले कोभिड १९ बाट मृत्यु भएको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो । शुक्रबार गाउँपालिकाका अध्यक्ष दिपा दाहालले सुनकोशी गाउँपालिका ७ का भिम कुमारी नगरकोटी भुजेललाई ५० हजार आर्थिक सहयोग गर्नु भएको छ । भुजेलका श्रीमानको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

गाउँपालिकाले कोरोना संक्रमणको भेन्टिलेटरमा उपचारत संक्रमितलाई समेत आर्थिक सहयोग गरिरहेको गाउँपालिकाका कानुनी सल्लाकार चिरंजिवि दाहालले बताउनुभयो । उहाँका अनुसार सुनकोशी गाउँपालिका भित्रका कोरोना संक्रमित भइ भेन्टिलेटरमा उपचारत नागरिकलाई ३० हजार रुपैया आर्थिक सहयोग गरिरहेको छ ।

यसैबिच सुनकोशी गाउँपालिकाले ३० औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएको बालबालिकालाई स्टेशनरीका सामाग्री वितरण गरेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष दिपा दाहालले गाउँपालिका भित्रका अपांगता भएका विद्यार्थीलाई स्टेशनरीका सामाग्री वितरण गर्नु भएको हो । पालिका भित्रका ३० जना अपांगता भएका बालबालिकालाई कपि, पेन्सिल, पेन लगाएतको स्टेशनरीका सामाग्री वितरण गरेको गाउँपालिकाका कानुनी सल्लाकार चिरंजिवि दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया