शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पाँचघण्टामै करोडबाट रोडमा,‘हेर्दाहेर्दै खरानीभयो’

शुक्रवार , मंसिर १७, २०७८

सिन्धुली– अघिल्लै दिन पसलमाकामगर्ने मजदुरहरु छुट्टी दिएर भान्जीको विवाहमा वरबधुलाइ आर्शिवाद दिनकालागि व्यवसायी सिकन्दर शाह जनकपुर पुग्नु भएको थियो । विवाहको दिन आफन्तजनको भिडभाडमा भेटघाटको कार्यक्रम चलिरहेको थियो । केही समयको लागि उनले आफ्नो व्यवसाय विर्सिएका थिए । त्यत्तिकैमा मंगलबार विहानको ९ बजेको हाराहारीमा पसलको गोदाम रहेको कोठाबाट आगोको धुवा“ निस्किरहेको छिमेकबाट सूचना प्राप्त गरे । अत्तालिनु भएका व्यवसायी शाहलाइ के गर्ने कसो गर्ने भयो ।

मजदुरहरुलाई फोन गरेर तत्काल पसलमा पुगेर कोठा खोली आगो निभाउन भन्न उहाँले भ्याउनु भयो । त्यस पछि जान पहिचान भएका सबै लाई फोन गर्नु भयो । कमलामाई नगरपालिकाको बारुणयन्त्रलाई खबर गरि दिन समेत उहाँले अनुनय गर्नु भयो । उहाँ सिन्धुलीमाडी बाट ७० किलोमिटर दक्षिण जनकपुरमा हुनु हुन्थ्यो । यता मजदुरले गोदामको चावीलिएर पसलमा पुग्दा धेरै ढिला भैसकेको थियो । गोदाममा भण्डारण गरिएको तार्पिनको तेल, पाइप, इलेक्ट्रोनिक्सका सामान, शौचालयमा प्रयोग हुने कम्बोड लगाएत प्रज्वलनशील वस्तुमा आगोले भेटिसकेको थियो ।

कमलामाई नगरपालिका–६ रातमाटास्थित हार्डवेयर पसलमा मंगलबार भिषण आगलागि हु“दा करोडौंको धनमाल जलेर नष्ट भएको छ । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरमा विद्युत सर्ट भएर आगलागि ६ करोड भन्दा बढीको सामान जलेर नष्ट भएको छ । आगलागीबाट जलेर सबै खरानी भएको भन्दै व्यवसायी शाह बिलौना गर्नु भयो । धुवा“को कालो मुस्लोले सदरमुकाम सिन्धुलीमाडी ढाक्दै लगेको थियो । कमलामाई नगरपालिका बाट बारुणयन्त्र आइ पुग्यो । ४० मिनेटको समय लगाएर आएको बारुणयन्त्रको पानीले अलिकता पनि आगो घटेन झन बढि भयो । स्थानीयहरु चिच्याउ“दै आगलागी निभाउन कस्सिएका थिए । बीपी राजमार्गको किनार भएकाले सवारी साधनजाम हुन थाल्यो । बारुणयन्त्र नजिक रहेको ग्वाङखोलामा पानी भर्न जाने र आउने गर्दै थियो तर आगो घेटेन । साधारणतया जनकपुर आउजाउ गर्न एकतर्फी दुइघण्टाको हाराहारीमा लाग्छ । तर व्यवसायी शाह डेढ घण्टा नवित्दै आई पुग्नु भयो ।

धेरै दुःखले व्यवसायमा उकालो लाग्दै गर्नु भएका शाहले दनदनी आगो बलेको हेर्ने सक्नु भएन् वेहोस भएर ढल्नु भयो । एक घण्टा जतिमा होस त आयो तर बाकी केही थिएन् । हजारबाट लाख, लाखबाट करोड र करोडबाट १० करोडमा व्यवसायलाई बल्ल रन गराउ“दै हुनु हुन्थ्यो, उहाँले भन्नु भयो, “करोडबाट पाँच घण्टा पनि नलागी रोडमा आइपुगे ।” सपना जस्तै लागेको छ । जता हेर्‍यो जलेको सामान भन्दा केही छैन् । धन्न छिमकी जिल्ला रामेछाप, दुधौली नगरपालिका बाट दमकल आइपुगेकाले छिमेकमा क्षती हुन पाएन् उहाँले थप्नु भयो ।

सेना, शशस्त्र र जनपथप्रहरी तथा स्थानीयले ठुलो गुन लगाएको व्यवसायी शाहलाई लागेको छ । अगाडि पसलमा भएका केही सामान भने जोगिएको छ । पा“चवर्ष अघि १ नं बजारमा रहेको घरबाट फराकिलो स्थान हेरेर बीपी राजमार्गको किनार रातमाटामा पसल सार्नु भएको थियो । आफैंले अस्थायी संरचना निर्माण गरि जग्गा लिजमा लिनु भएको उहाँलाई लुज वाइरिङ्ग गरेकोमा भने थकथकि लागेको छ । लुज वायरिङ्ग गर्दा तारको गुज्रने मितिको ख्याल नै भएन, उहाँले भन्नु भयो, “सानो गल्तीले गर्दा सबै स्वाहाभयो ।” आफु नभएको बखतमा नै विद्युत सर्ट हुनुलाई उहाँ दैवको लिला भन्नु हुन्छ । सानोसानो त्रुटिले गर्दा सबै स्वाहा हुने आफ्नो स्थितीबाट सबै सचेत हुन उहाँले अपिल गर्नु भयो ।

हार्डवेयरसगै रहेको कनिस्का इन्टर प्राइजेजको गोदाम हेर्दा पनि कम्ता विरक्त लाग्दो नरहेको स्थानीय बताउ“छन् । स्थानीयएवं वडाध्यक्ष उज्वल थापा डढेको मदिरा र चाउचाउ विस्कुटको खरानी हेर्दा विरक्त लाग्ने सुनाउदै उहाँले भन्नु भयो, “दुइवटै पसलमा यूवा व्यवसायी थिए, उनीहरुले गरेको प्रगती सुनाउन लायकहु“दै गएको थियो । तर केही घण्टामै खरानीभयो ।” कनिस्काको दुई करोड बढि आगलागीबाट क्षती भएको संचालक संन्जु शाहले जानकारी दिनु भयो ।

हार्डवेयरको गोदाममा प्रज्वलनशिल तथा पाइप, प्लाष्टिक, प्लाइउड, लगाएत आगोले चाडो टिप्ने सामान भएकाले आगलागी पुरै नियन्त्रण लिन पाचघण्टा लागेको थियो । सेना, शसस्त्र र जनपथ, नगर प्रहरी, स्थानीय मिलेर आगोले नभेटेको सामान जोगाउन स्वयंसेवीभई काम गरेका थिए । इम्यानुयल कन्ट्रक्सको ट्यांकरबाट समेत पानी ओसारिएको थियो ।

प्रतिक्रिया