शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमाढीमा भिषण आगलागीको कारण यस्तो,(हेर्नुस भिडियो)

मंगलवार , मंसिर १४, २०७८

सिन्धुली – सिन्धुलीमाढीमा भिषण आगलागी हुदाँ करोडौँको धनमाल जलेर नष्ट भएको छ । कमलामाई नगरपालिका ६ रातमाटाको शाह आइरन एन्ड इलेक्ट्रिक सेन्टरमा मंगलबार १० बजेदेखि आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट भएको हो । विद्युत् सट भएर हर्डवेयरको गोदामबाट आगलागी सुरु भएको स्थानियले बताएका छन् । जस्ताको छाना लगाएर २० वटा गोदामको कोठामा रहेको सबै सामान नष्ट भएको छ ।

कमलामाई र दुधौली नगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक रामभक्त भट्टराइले जानकारी दिनुभयो । अझै आगो नियन्त्रणा आउन नसकेको कारण रामेछापबाट पनि दमकल आउँदै गरेको उहाँले बताउनुभयो । हार्डवेयरको गोदामा आगोले चाँडो टिप्ने सामान भएकाले आगलागी पूरै नियन्त्रणमा लिन नसकिएको हो ।

आगलागी नियन्त्रणमा आइनसकेकाले के कति क्षति भयो भन्ने विवरण आउन बाकिँ रहेको छ । शाह आइरनसँगै रहेको कनिस्का इन्टरप्राइजेजमा पनि आगलागिले क्षति भएको स्थानियले बताएका छन् । हाल स्थानीय, सशस्त्र र जनपथ प्रहरीले आगोले नभेटेको सामान सुरक्षितस्थानतर्फ फालिरहेका छन् । आगलागी भएपछि स्थानियलको भीड बढेपछि बीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया