सिन्धुली – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तगर्त सिन्धुलीमा एक भोटले गर्दा दुइ जना पराजित हुनु भएको छ । सिन्धुली क्षेत्र नं २ को सभापतिमा कपिलकुमार कोईराला एक भोट पराजित हुनुभएको छ भने, क्षेत्र नं २ कै प्रत्यक्ष खुल्ला महाधिबेसा प्रतिनिधिमा नरेन्द्र जंग थापा एकै भोटले चयन हुनसक्नु भएनन् । क्षेत्र नं २ मा कपिलकुमार कोईरालालाई एक भोटको अन्र्तरले पराजित गदै ३ सय ६२ भोट ल्याइ सभापतिमा कुमार ढकाल विजयी हुनुभएको छ ।
महाधिवेश प्रतिनिधि खुल्ला तर्फ १० जना चयन हुने व्यवस्था भएपनि एघारौँ स्थानमा रहेका नरेन्द्र जंग थापाले २ सय ८५ मत पाउनु भएको थियो भने, दशैँ स्थानमा रहेनुभएको कपेन्द्रकुमार लामा घलानले २ सय ८६ भोट प्राप्त गर्नुभएको थियो ।
यसैबिच, सिन्धुलीमा क्षेत्रिय महाधिवेशन सुरु भएको तिन दिन पछि क्षेत्र न. २ को मतगणना सकिएको छ । जसमा सिन्धुली क्षेत्र नं २ मा कुमार ढकाल निर्वाचित हुनुभएको छ । सचिवमा उद्धबप्रसाद ढकाल र राजिब बुर्जा मगर निर्वाचित हुनुभएको छ । सहसचिवमा जसमान मुक्तान र मनोजकुमार प्रधान निर्बिरोध निवार्चित हुनुभएको छ । खुल्ला सदस्यमा बेदबहादुर अस्तानी र प्रमोद कार्की, प्रत्यक्ष सदस्यमा सुकबहादुर घलान र मानबहादुर मगर, प्रतिनिधिसभा क्षेत्र नं.२ ख खुल्ल्लाबाट यमकुमार गोले, दिपेन्द्र कोईराला र छेसाङ दोर्जे योञ्जन निर्बिरोध निवार्चित हुनुभएको छ । यस्तै आदिबासी जनजाति तर्फ रामकुमार स्याङतान र सुर्बण शाक्य र दलिततर्फ श्रीराम बि.क. निर्बिरोध निर्वाचित हुनुभएको छ ।
यस्तै, सिन्धुली प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष खुल्लामा छेत्रबहादुर बम्जन, उपेन्द्रकुमार पोख्रेल, कपेन्द्रकुमार लामा घलान, कृष्णप्रसाद दाहाल, खड्गबहादुर वाईवा, बिदुर वाईवा, नवराज श्रेष्ठ (आकाश), माणिककुमार ढकाल, विपिन कोइराला र विवशकुमार वाइबा विजयी हुनुभएको छ । प्रत्यक्ष खुल्ला महिलतर्फ दिपशिखा शर्मा ढकाल, विजुला बर्मा राणा, यशोदा कोइराला र सुशिला थिङ विजयी हुनुभएको छ । खसआर्य खुल्लातर्फ डम्बरबहादुर कार्की बिजयी हुनुभएको छ ।
यस्तै, खसआर्य महिला कुमारी ईन्दिरा पोखे्रल निविरोध विजयी हुनुभएको छ । आदिबासी जनजाति महिलातर्फ दुर्गादेवी सुनुवार, बिमला माझी र सम्झना भोलन, आदिबासी जनजाति खुल्ला तर्फ अरुणकुमार थिङ, ध्रुबराज श्रेष्ठ, भक्तबहादुर वाईवा र यमबहादुर जर्गा मगर र मधेशी÷थारु÷मुस्लिम÷अपांग÷अल्पसंख्यक तर्फ भगवान माझी विजयी हुनुभएको छ ।
प्रदेशसभा क्षेत्रिय अधिवेशन क्षेत्र नं. २ क, सिन्धुलीको सभापतिमा बिजय कुँवर विजयी हुनुभएको छ । उप–सभापतिमा जनकराज पौडेल र तुलसीप्रसाद गौतम विजयी हुनुभएको छ ।
यस्तै सचिवमा देबराज नेपाल र बिर्खबहादुर श्रेष्ठ, सह–सचिबमा टंक बि.क. र रुपक थापा निर्विरोध विजयी हुनुभएको छ । प्रदेश प्रतिनिधि महिला तर्फ कान्ता ढकाल, लक्ष्मी काफ्ले र सम्झना रोक्का, प्रत्यक्ष खुल्ला तर्फ कृष्णहरि ढुङ्गेल, जुनेस खड्का, तिलकबहादुर खड्का, दिपककुमार पोख्रेल, नबिन पौडेल, बिमल पौडेल र सुदर्शन भट्टराई विजयी हुनुभएको छ ।