बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बीपी र पुष्पलालको सालिक अनावरण गर्ने विषयमा विवाद; जिल्लामा निषेधाज्ञा जारी (भिडियो)

बुधवार , कार्तिक २४, २०७८

सिन्धुली ,२४ कात्तिक – सिन्धुलीमाढीको बालउद्यान पार्क भित्रको बीपी र पुष्पलालको सालिक अनावरण गर्ने विषयमा विवाद हुदाँ सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । पार्क भित्रको बीपी र पुष्पलालको सालिक एमाले महासचिव ईश्वर पोखरेलले गर्ने नगरपालिकाको निर्णय विरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गदै बुधबार विहान ११ बजे देखी राती १२ बजे सम्म लागुहुने गरी निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

निशेधाज्ञा सिन्धुलीमाढी स्थित बसपार्क एरिया, स्टलबजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो । निशेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभा लगाएत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरु गर्न पाईने छैन ।

सिन्धुलीमाढीको बालउद्यान पार्क भित्रको बीपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो । सर्वदलिय निर्णयबाट सालिक अनवारण गर्नु पर्ने माग सहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा लाताबन्दी गरेका थिए । बुधबार विहान लामो समय सम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो । कुनै पनि पार्टीको व्यक्तिले सालिक अनावरण गर्न नमिल्ने भन्दै काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले सालिक अनावरण गर्न रोक लगाएका थिए ।

गठबन्धन दलका कार्यकर्ताहरुले पार्कलाई घेरेका थिए भने एमाले सम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अन्तमा बीपी र पुष्पलालको सालिक अनावरण कार्यक्रम स्थगित सर्वदलीय बैठकबाट निर्णय भएसँगै सत्ता गठबन्धन दल सहमतिमा आएका हुन् ।

यसैगरी सिन्धुलीगढी विजय उत्सव नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आथित्यतामा हुने भए पछि सत्तारुट गठबन्धन दलहरुले वहिस्कार गरेका छन् । गठबन्धन दलले आज ४ बजे लोकतान्त्रीक चौरमा संयुक्त रुपमा सिन्धुलीगढी बिजय उत्सव मनाउने जनाएको छ ।

सिन्धुलीगढी विजय उत्सवमा नेकपा एमाले एकलौटी गरेकोले सो कार्यक्रम बहिस्कार गरी बेलुका ४ बजे सिन्धुलीमाढी लोकतान्त्रीक चौरमा विजय उत्सव मनाउने ने.क.पा. माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजन दाहालले वताउनु भयो । “ऐतिहाँसिक सिन्धुलीगढी विजय उत्सव सर्वदलिय बैठकबाट नै प्रमुख अथिति लगाएतका सम्पुर्ण कार्यक्रम तयगर्ने परम्परा रहेको थियो तर कमलामई नगरपालिकाले यस वर्ष एकलौटी एमालेकरण गर्ने प्रयास ग¥यो, यसर्थ सर्वदलीय बैठकबाट नै सिन्धुलीगढीमा हुने विजय उत्सव बहिस्कार गर्ने निर्णय गरेका हौं” इन्चार्ज दाहालले भन्नु भयो ।

सत्तारुढ गठबन्धना दलहरुले एमालेकरण गरिएको गढी विजय उत्सवमा भएको खर्च कमलामाई नगरपालिकाबाट गर्न नदिने समेत जनाएको छ । सिन्धुलीगढीमा नेकपा एमालेको चुनाब चिन्ह अंकित झण्डा सहित कार्यक्रम भई रहेको छ ।

प्रतिक्रिया