सिन्धुली – सिन्धुलीगढी विजयोत्सव एमालेकरण गरेर मनाउन लागेको भन्दै सत्ता गठबन्धन दलले विरोध गरेका छन् । नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई प्रमुख अथिति राखि पार्टीकरण गरेर सिन्धुलीगढी विजयोत्सव मनाउन लागेको भन्दै विरोध गरेका हुन् ।
सरकारमा सहभागि भएको नेतालाई प्रमुख अथिति बनाउनु पर्ने माग सहित गठबन्धन दलले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षणपत्र समेत बुझाएका छन् । सरकारी बजेट खर्च गरि एउटा पार्टीको महासचिवले कार्यक्रम उद्घाटन गर्न नमिल्ने नेपाली काँग्रेस कमलामाई नगरकमिटि सभापति कमल कुमार पोखरेलले बताउनुभयो । आफुहरुको माग पुरा नभए आजको सिन्धुलीगढी विजयोत्सव कार्यक्रम बहिस्कार गर्ने उहाँले बताउनुभयो ।
जिल्लाको कमलामाई नगरपालिका ३ मा अवस्थित ऐतिहासिक सिन्धुलीगढीमा प्रत्येक वष कार्तिक २४ गतेका दिन गढि वियज उत्सव मनाउदै आएको छ । कमलामाई नगरपालिकाले यहि कार्तिक २४ गते गोरखाली फौजले साम्राज्यवादी वृटिस सेनाहरुलाई परास्त गराएको २५४ वर्ष पुरा भएको स्मरणमा सिन्धुलीगढीमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै विजयोत्सव मनाउन लागेको हो । २५४ औं विजय उत्सब कार्यक्रममा पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको उपस्थिती रहने नगरपालिकाले जानकारी दिएको छ ।
