काठमाडौँ, २२ कात्तिक - काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो । सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो पनि
यस्तो छ आज सोमबार सुनको मूल्य
काठमाडौं,२२ कात्तिक– तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।
यो पनि
यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२२ कात्तिक– नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र विक्रीदर १३८ रुपैयाँ १६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४० पैसा र विक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २६ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९७ पैसा र विक्रीदर ८८ रुपैयाँ ४१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ३६ पैसा र विक्रीदर ९५ रुपैयाँ ८४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र विक्रीदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र विक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५७ पैसा र विक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८७ पैसा र विक्रीदर १३ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४८ पैसा र विक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३९५ रुपैयाँ ७३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ २१ पैसा र विक्रीदर ३१६ रुपैयाँ ८० पैसा रहेको छ ।