सिन्धुली – प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिराहाबाट काठमाडौँ जाँदै गरेको सिराहा जिल्ला सिराहा न.पा. १८ बस्ने बर्ष–२५ को मनोज कुमार कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
सोमवार विहान सिन्धुली कमलामाई न.पा. वडा नं. ६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा बा ५ ख ८९०४ नं.को हाईस रोकी चेकजाँच गर्दा उक्त हाईसको बायाँ साईडको ४ नं. सिटमा बसेका कुर्मीले बोकेको खैरो रङको झोलामा लागुऔषध.जस्तो देखिने झोल पदार्थ र गाँजा फेला परे जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।
पक्राउ परेका कुर्मीबाट चेकजाँचका क्रममा Codiwell लेखेको १००ml को बोत्तल २ थान , Head $hampoos लेखेको ४०० ml को स्याम्पुको बट्टामा १ थान , Dove लेखेको ४०० ml को स्याम्पुको बाट्टमा थान १, गाँजा ४१ ग्राम ३९० मिलिग्राम बरामद गरिएको लामाले बताउनु भयो । कुर्मीलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको उहाँको भनाई छ ।