शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा चोरीको मोटरसाईकल र मोबाइल सहित एक जना पक्राउ

सोमवार , आश्विन २५, २०७८

सिन्धुली – सिन्धुली प्रहरीले मोटरसाइकल र मोवाइल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका १ बस्ने बर्ष २२ को प्रेम मुक्तान नाम बताउने रामकृष्ण भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाका अनुसार मरिण गाउँपालिका वाड नं ७ बस्ने अरुण नेपालीको भिआईभिव कम्पनिको मोबाईल हराएको ईलाका प्रहरी कार्यालय कपिलाकोटमा मोबाईल धनी नेपालीले दिएको निवेदनका आधारमा तत्काल प्रहरी टोलिले उक्त मोबाईल खोत तलास गर्ने क्रममा मरिण गाउँपालिका वाड नं ६ धमिले स्थित आषिस मोबाईल पसलमा उक्त मोबाईल मर्मत गर्दै गरेको अवस्थामा भुजेललाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको भुजेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई सोधपुछ गर्ने क्रममा बिभिन्न मितिमा मोबाइल तथा निजले चढेको मोटर साइकल समेत चोरीको भन्ने खुल्न आएको नायब उपरीक्षक मनोज कुमार लामाले बताउनु भयो ।

मिती २०७८ असोज ११ गते राती कमलामाई नगरपालिका वडा नं.६ राम बहादुर कटुवालको डेरा कोठा चोरी भएको बाट सि थ्रि मोबाईल एउटा, नगद रु. २० हजार र २०७८ असोज १९ गते राती सिन्धुली कमलामाई नगरपालिका वडा नं. ५ मधुटार स्थित रन्जित चौधरीको आफ्नै घर अगाडी पार्किङ गरी राखेको अबस्थामा चोरी भएको प्र.नं.२–०२–००३ प ७५३९ नं.को मोटरसाईकलका साथै मिती २०७८ असोज ११ गते राती मरिण गाउँपालिका वडा नं. ७ बस्ने कृष्ण नेपालीको घर बाट चोरी भएको भिआईभिव कम्पनीको मोबाईल थान–१ र अन्य को कस्को भनि खुल्न नआएको मोबाइल थान–२ समेत भुजेलबाट बरामद गरी जिल्ला अदालत सिन्धुलीमा पेश गरि म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रबक्ता लामाले बताउनु भयो ।

प्रतिक्रिया