सिन्धुली, – नेपालीहरुको महान पर्व बडा दशैँ सुरु भए संगै सिन्धुलीमा सवारी दुर्घटना बढेको छ । बिहिवार राती १२ बजे देखी मात्रै सिन्धुलीको बिभिन्न ११ स्थानमा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।
दुर्घटनामा पर्ने सवारी साधन हरुमा कार, मोटरसाईकल, टाटा सुमो, हाईस देखी ट्याक्टर सम्म रहेको छ । दशैँ सुरु भए संगै सवारी साधनको चाँप बढ्दा सवारी दुर्घटना बढेको प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनु भयो । सवारी साधन तिब्र रुपमा थपिनु तर बाटोको अवस्था भने उस्तै रहनुनै दुर्घटनाको मुख्य कारण भएको उहाको भनाई छ ।
बिभिन्न ठाउमा भएको ११ वटा दुर्घटनामा परी ५ जना घाईते भएका छन् । घाईते मध्य २ जनालाई सिन्धुली अस्पतालमा प्रथमिक उपचार गरी काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालका ब्यवस्थापन समितीका अध्यक्ष प्रलाद पोख्रेलले जानकारी दिनु भएको छ ।