सिन्धुली – सिन्धुलीमा हिजो (शनिबार) एक पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान ७ बजेको समयमा कमलामाई नगरपालिका १४ कल्याणपुर स्थित मदन भण्डारी राजमार्गमा ५८ वर्षियाा देबि बहादुर पुलामि मगरलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले आज जानकारी दिनुभएको छ ।
झुंगाबाट भिमानतर्फ आउदैँ गरेको ज ९ प ४३६९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका तिनपाटन गाउँपालिका २ का मगरलाई ठक्कर दिएको हो । मृतक मगरको टाउको, हात र खुट्टामा चोट लागी गम्भिर घाइते भएको अवस्थामा काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज सिनामंगलमा थप उपचारकालागि रिफर गरिएको थियो ।
अस्तपाल लगेको एकदिनपछि शनिबार मगरको मृत्यु भएको अस्पतालले बताएको छ । साथै, ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक सिन्धुलीको दुधौली नगरपालिका –३का ३२ बर्षिय रमेश थारु प्रहरीको नियन्त्रणमा रहेको नायव उपरिक्षक लामाले बताउनुभयो ।