सिन्धुली – नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीले नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा तथा सह–संयोजक लेखनाथ कोईराला लगायत आयोजक समितिका सदस्यलाई कुटपिट गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ ।
विहिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीले ःनेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा तथा सह–संयोजक लेखनाथ कोईराला लगायत आयोजक समितिका सदस्यलाइ यहि असोज ४ गते संगठनको केन्द्रिय कार्यालय बबरमहलमा सांगठनिक काम गरिरहेको अवस्थामा केहि अराजक प्रवृतीका झुण्डहरुले संगठन केन्द्रिय कार्यालयको मुल गेटमा लात्ती मुड्की, ढुंगा तथा ईंट्टा प्रहार गर्ने, संगठनको झण्डा र व्यानर च्यात्ने जस्ता अमर्यादित, अनुशासनहिन, असोभनिय तथा अपराधिक कार्य गरेको प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उक्त कार्य प्रति घोर भत्र्सना गर्दै उक्त अपराधिक गतिविधीमा संलग्न व्यक्तीहरुलाई कानुनी दायरामा ल्याई हदै सम्मको कार्वाहीको लागी नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिती सिन्धुलीले विज्ञप्ती मार्फत माग गरेको छ ।
“संगठन भित्र बौद्धिक बहस मार्फत संगठनको न्यायमा लाग्नुको सट्टा अमर्यादित कार्यमा संलग्न हुनुले उनिहरुको विचारमा स्खलित तथा पराजित मानसिकताको कुण्ठाले विक्षिप्त रहेको प्रष्ट रुपमा देखिन्छ । सोहि मितिमा साँझपख संगठनको केन्द्रिय कार्यालयमा नियमित काम गरिरेको अवस्थामा संगठनका संयोजक केदार प्रसाद देवकोटा तथा सह–संयोजक लेखनाथ कोईराला लगायत एक सय भन्दा बढी संगठक तथा कर्मचारीहरुलाई बिनाकारण धरपकड गरि प्रहरी हिरासतमा लिने कार्यको हामी घोर भत्र्सना तथा निन्दा गर्दछौ, ” विज्ञप्तीमा भनिएको छ ।
पेशाकर्मी माथि विनाकारण गरिएको प्रहरी दमन ट्रेड युनियन अधिकार तथा लोकतान्त्रिक अधिकार माथिकै ठाडो हस्तक्षेप एवम् आक्रमण रहेको पत्रमा उल्लेख गरिएको छ । जस्तोसुकै परिस्थितीमा पनी सेवाप्रवाह गर्न कटिबद्ध राष्ट्रसेवकहरु यस्तो घटना विरुद्ध मुकाविला गर्न तयार रहेको स्मरण गराउँदै सत्ता र शक्तीको उन्माद प्रयोग गरी अगाडी बढ्न खोजेमा उत्पन्न हुन सक्ने असामान्य परिस्थितीको जिम्मेवार यस संगठन नहुने व्यहोरा समेत विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।