सिन्धुली – सिन्धुलीमा ट्रक र हात्ति गाडि(पिटपिटे) एक आपसमा ठक्कर खाइ दुर्घटना हुदाँ एक जना गंभिर घाइते भएको छ । बिपि राजमार्ग स्थित कमलामाई नगरपालिका ६ नापि कार्यालय पछाडिको घुम्तिमा ट्रक र हात्ति गाडि(पिटपिटे) एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
चकमकेबाट सिन्धुली तर्फ आउँदै गरेको बा ४ ख १४४९ नम्बर ट्रक र सिन्धुलीबाट चकमके जादै गरेको ना ४ च ४०९२ नम्बरको हात्ति गाडि एक आपसमा ठक्कर खाइ ट्रक ५० मिटर तल खसेको छ । ट्रक चालक धादिङ जलामुखि गाउँपालिका २ मैदिका २९ वर्षिय जिवन साहि र हात्ति गाडि चालक कमलामाई नगरपालिका ६ धुराबजारका ४० वर्षिय गोकर्ण थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते ट्रक चालक साहिको सिन्धुली अस्पतालमा सम्भव नभएपछि धुलीखेल रिफर गरिएको छ । साहिको स्वास्थ्य अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै हात्ति गाडि चालक थापाको सिन्धुली अस्पतालमै उपचार भइरहेको छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ