बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

छोटो समय भएपनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य,( हेर्नुस भिडियो)

शनिवार , आश्विन २, २०७८

छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागि परेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री अस्टलक्ष्मि शाक्यले बताउनु भएको छ । शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री शाक्यले पाटी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भएपनि राम्रो काम गरेर देखाउने बताउनु भएको हो । “हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं तर अहिले हामीले आफ्नो व्यक्तिगत भन्दा पनि आम जनताका कामहरुलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं ।” उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोे उहाँको भनाइ छ ।

“हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेको छौ । हामी काम नगरि दिन गन्ती गरेर बस्दैनौँ । छोटो समय भएपनि हामी राम्रो काम गरेर देखाउँछौ । ” मुख्यमन्त्री शाक्यले भन्नुभयो । पाटी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उहाँले नेकपा एमाले एक ढिक्का हुनु पर्नेमा जोड दिनुभयो ।

“पाटी फुटले शक्ति पैदा हुदैन । पाटी एक जुटभयो भने बलियो हुन्छ । त्यसकारणले पाटीलाई बलियो बनाउन तिर लागौँ । फुटाउने काम नगरौँ । चित्त नबुझेको कुरा आमुनेसामुने राखेर छलफल गरौँ । पार्टीमा व्यक्ति ठुलो हुदैन, पार्टीमा विचार, विधिसम्मत र सामुहि नेतृत्व ठुलो हुन्छ ।” मुख्यमन्त्री शाक्यले भन्नुभयो । उहाँले फुट्ले पार्टीमा शक्ति पैदा नहुने भन्दै पार्टी फुटाएर गएका माधव कुमार नेपाल लगाएतलाई पार्टीमै एकजुट हुन आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया