सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले दुई वर्षमा एक सय ३९ किलोमिटर भन्दा वढी सडक सर्मत सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ र ०७७/७८ मा मात्र एक सय ३९ दशमलब २२ किलोमिटर सडक मर्मत गरेको हो ।
नगरपालिकाको १४ वटै वडामा ७ करोड ६२ लाख ७३ हजार दुई सय ६९ रुपैँया लागतको सडक मर्मत कार्य सम्पन्न गरेको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाले दुइ वर्षको अवधिमा साढे ३ किलोमिटर भन्दा बढी कालोपत्र सडक निर्माण सम्पन्न गरेको छ । नगरपालिकामा आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ मा दुई करोड २९ लाख ८९ हजार १४० रुपैँया लागतमा साढे ३ किलोमिटर कालोपत्रे सडक निर्माण भएको हो । नगरपालिको दुइ वर्षको अवधिमा १८ किलोमिटर भन्दा वढी गाभ्रेल सडक निर्माण गरेको छ । नगरपालिका क्षेत्रभित्र सात लाख १२ हजार ४८० लागतमा १८ दशमलब ८४ किलोमिटर गाभ्रेल सडक निर्माण गरेको हो । नगरपालिकामा ७६ किलोमिटर भन्दा बढी नयाँ सडकको ट्रयाक खोलेको छ । दुइ वर्षको अवधिमा ७६ दशमलब ९९ किलोमिटर सडकका नयाँ ट्रक खोलिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले १४ वटै वडामा तीन करोड ५९ लाख ७० हजार १२३ लागतमा सडकको नयाँ ट्रयाक खोलेको हो ।
यस्तै कमलामाई नगरपालिकाले एक हजार ६६० मिटरको रड नराखिकन गरिएको ढलान सडक (पिसिसि) निर्माण सम्पन्न गरेको छ । दुइ वर्षको अवधिमा नगरपालिकाले नगर क्षेत्र भित्र एक करोड ५९ लाख २६ हजार ६८१ लागतको पिसिसि सडक निर्माण गरेको हो ।
कमलामाई नगरपालिकाले दुइ वर्षको अवधिमा ४४ वटा धार्मिक भवन निर्माण सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा २० वटा र ०७७÷७८ मा २४ वटा गरि ४४ वटा धार्मिक भवन निर्माण गरेको हो । नगर क्षेत्रभित्र दुइ वर्षको अवधिमा एक करोड ६५ लाख तीन हजार २२० लागतमा ४४ वटा धार्मिक भवन निर्माण गरिएको छ । दुइ वर्षको अवधिमा १९ वटा सार्वजनिक शौचालय निर्माण भएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा १३ वटा शौचालय र ०७७/७७ मा छ वटा शौचालय निर्माण गरेको हो ।
नगरपालिका भित्रका वडामा ७१ लाख ६२ हजार ९ सय ५५ लागतमा शौचालय निर्माण गरेको कमलामाई नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिकाले १० वटा प्रतिक्षालय निर्माण गरेको छ । दुइ वर्षको अवधिमा नगरपालिकाले १० वटा प्रतिक्षालय निर्माण गरेको हो । नगरपालिकाको विभिन्न क्षेत्रमा ३९ लाख ७० हजार ६१८ लागतमा दशवटा प्रतिक्षालय निर्माण गरेको हो । दुइ वर्षको अवधिमा नगरपालिकाले १३ वटा तटबन्ध निर्माण गरेको छ । नगपालिका क्षेत्रमा ३८ लाख ६४ हजार ६ सय लागतमा १३ वटा तटबन्ध निर्माण गरेको नगपालिकाले जनाएको छ ।
नगरपालिकाले दुइ वर्षको अवधिमा ४२ वटा सामुदायिक भवन निर्माण गरेको छ । नगरपालिकाको विभिन्न वडामा ४२ वटा सामुदायिक भवन निर्माण गरेको हो । नगरपालिकाले ४ करोड ८६ लाख २० हजार ९२ लागतको भवन निर्माण गरेको हो ।