बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाली काँग्रेस सिन्धुलीको जिल्ला कार्यसमितिको सह–सचिवमा शेखर मिश्रको उमेदवारी

बिहिवार , भाद्र २४, २०७८

सिन्धुली – सुरज मिश्र (शेखर) काँग्रेस जनजनमा भिजेको नाम हो । आन्दोलनको अग्रमोर्चामा रहेर काँग्रेसीहरुमा साहस भर्नु उहाँको विषेशता जत्तिकै भएको थियो । हरेक आन्दोलनमा राज्यपक्षका प्रहरीसग पौठाजोरी खेल्ने उहाँनै हुनु हुन्छ । लाभको पदमा हालसम्म नबसेका शेखरले नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने सिन्धुली जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिको सह–सचिव पदमा आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ । बीपी जयन्तीको अवसर पारेर शेखर मिश्रले आफुले काम गर्न सक्ने सह–सचिव पदमा उमेद्वारी दिनु भएके हो । जिल्ला कार्यसमितिको सदस्य रहेर काम गर्दै आउनु भएका मिश्र यूवाहरुमाझ लोकप्रिय रहनु भएको छ ।

नेविसंघको जिल्लाध्यक्ष भएर काम गर्नु भएको मिश्रको सबैभन्दा ठुलो गुण पद प्रतिको आशक्ति नहुनु नै हो । नेविसंघमा रहेर काम गर्दा उहाँले सजिलै पद हस्तान्तरण गरेको काँग्रेसजनमा चर्चा नै छ । नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले सिन्धुलीमाडीको सभागृहहलमा भएको कार्यक्रममा आइ सेलुट शेखर मिश्र भनेर केही समय अघि सम्मानका अभिव्यक्ति प्रकट गर्नु भएको थियो ।

उच्च शिक्षा हासिल गर्नु भएका मिश्रले पछिल्लो समय क्रियाशिल सदस्यको इन्ट्रिमा भोलेन्टिएर भएर करिब एक महिना बिहानदेखि बेलुकासम्म पार्टी कार्यालयमा समय दिइ खटेको दसीप्रमाणले उहाँले काँग्रेस पार्टीमा गर्न सक्ने योगदानको बयान गर्नु नपर्ने काँग्रेसीहरु नै सुनाउछन् ।

एकैपटक ठुलो पदको लालसा नगरी काम गर्न सक्ने सह–सचिव पदमा उमेद्वारी प्रस्तुत गरेको यूवा व्यक्तित्व मिश्रको भनाइ छ । राजनीतिमै लागेर समाज र राष्ट्रको हितमा काम गर्नका लागि मेरो उमेद्वारी हो, मिश्रले भन्नुभयो, “काँग्रेस पार्टी कार्यालयलाइ प्रविधि मैत्री विकास र काँग्रेस जनजनमा सुखानुभुती गराउने मेरो पहिलो लक्ष छ ।” काँग्रेसलाई चलायमान र व्यवस्थित बनाइ सबैको काँग्रेस, काँग्रेस जनजनको हुनेमा मिश्र लागि पर्नु भएको छ ।

व्यवस्थापनको पाटो सबल भए मात्र अन्य काममा फड्को मार्न सकिने भएकाले आफ्नो ध्यान त्यतातर्फ केन्द्रित भएको उहाँको भनाई छ । लोकतन्त्रमा प्रतिस्पर्धा सुन्दर पक्ष भएपनि आसन्न तीनै तहका निर्वाचनमा पनि चलायमान हुनसक्ने गरि उमेदवारी प्रस्तुत गर्न उहाले आकाँक्षीहरुलाई सुझाउनु भएको छ । आफ्नो यात्रा लामो भएकाले पद अनुसारको काम गरेर देखाउने अवसर दिलाई दिन सम्पूर्ण क्षेत्रिय प्रतिनिधि, वडा सभापति, शुभेच्छुक, मार्गदर्शक, यूवा, पाकाहरुमा मिश्रले सविनय अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया