सिन्धुली– जिल्ला भरिमै सबैभन्दा धेरै प्रतिनिधि संख्या रहेको कमलामाइनगरपालिका वडा नं ४ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन हुनु भएसँगै नेपाली काँग्रेसका यूवा नेता एवं पूर्व पार्टी सचिव उपेन्द्रकुमार पोखरेल (उज्वल) ले पार्टी सभापतिमा उमेदवारी घोषणा गर्नु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा जुझारु यूवा नेता पोखरेलले जिल्ला पार्टी सभापतिमा उमेदवारी घोषणा गर्नु भएको हो । वडा नं ४ बाट वडा सभापति सहित ४७ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । उक्त वडामा ५२७ जना क्रियाशिल सदस्य रहेका थिए ।
१३ औं महाधिवेशनमा पनि सभापतिको उमेदवार वन्न लाग्दा सहमतीमा त्याग गरि सदस्यपदमा मात्र निर्वाचित हुनु भएका पोखरेल त्यस अघि पार्टी सचिवमा निर्वरोध निर्वाचित हुनु भएको थियो । नेविसंघ र तरुण दलका अध्यक्ष रहि सक्नु भएको पोखरेल निडर र हक्की स्वभावका मानिनु हुन्छ । सामाजिक कार्यमा सधैं अगुवा हुने पोखरेलले माओवादी द्धन्दको समयमा जिल्लामा काँग्रेस जोगाउन खेल्नु भएको भुमिकाको काँग्रेस जनमा सर्वत्र प्रशंसा हुने गरेको छ ।

काँग्रेसमा रहेर गरेको योगदान र यूवा पुस्ताको नेतृत्वबाट पार्टीलाई चलायमान बनाउनलागि मेरो सभापतिमा उमेदवारी हो पोखरेलले भन्नुभयो, “काँग्रेस पार्टीलाइ सबैको बनाउन र सबैले अपनत्व ग्रहण गर्न लायक बनाउन मेरो विजय सुनिश्चित छ ।” “काँग्रेसको संगठनलाई ७९ वडाको कुनाकन्दरामा पुर्याएर धक फुकाएर काँग्रेस हुँ भन्ने प्रत्यक काँग्रेसजनले गर्व गर्न लायक बनाउने मेरो प्रमुखलक्ष छ”, उहाँले थप्नुभयो ।
सर्बसम्मत तथा मतदानको प्रकृयाबाट चयन भएर आउनु भएका प्रतिनिधिहरुले आफुलाई न्याय गर्नेमा सभापतिका उमेदवार पोखरेल ढुक्क हुनु हुन्छ् । दुई नगरपालिका र ७ वटा गाउँपालिकाबाट नै यो पटक सभापतिमा विजय बनाउने हो भनेर सबैले भन्नु भएकाले आफु पछि कुनै हालतमा पछि नहट्ने उहाँले घोषणा गर्नुभयो । मैले पटक–पटक त्याग गरेको छु, काँग्रेसको संगठनका लागि जहाँ पनि पुगेको छु, उहाँले भन्नुभयो, “ मेरो उमेदवारीले काँग्रेस जनमा थप उर्जा थपिएको छ । म प्रत्येक काँग्रेस जनको मन मुटुमा बसेको छु ।”
७९ वडाबाटै अग्रज तथा साथीभाइ र शुभचिन्तकले यो पटक सभापति उमेद्वारी दिनुहोला, त्ससबाट हाम्रो हौसला बढ्ने छ भनेर आफुलाई प्रत्येक भेट तथा टेलिफोनमा भन्ने गरेकाले थप प्रेरणा मिलेको नेता पोखरेलले सुनाउनुभयो । जिल्लाकै पुरानो विद्यालय कमला माविको अध्यक्ष, सिन्धुली बहुमुखी क्याम्पसको सदस्य, कमला सामुदायिक पुस्तकालयको अध्यक्ष भएर सामाजिककाम गर्दै आउनु भएएका पोखरेलल मर्दा मलामी र पर्दा जन्तीका सारथी समेत हुनु हुन्छ ।
केही समय अघि सामाजिक सञ्जालमा वौद्धिक व्यक्तित्व सागरकुमाार ढकालले पोखरेलको बारेमा यसरी लेख्नु भएको थियो ।
घरब्यवहार सगैको राजनीतिकर्म –
केही जनता हरुलाई कांँग्रेस पार्टीमा पस्ने इच्छा भएछ र हिजो राती वहाँलाई फोन गरेर उनीहरुले कसैगरी बिहानै आइदिनु पर्यो भने छन् । बुवाको आसोक बारेको मान्छे, बिरामी आमालाई बिहानै गर्नु पर्ने सेवाअनी गोठका गाईबस्तुको सेवा दैनिकीयी सबै घर ब्यवहारका दैनिकीलाई चटक्कै त्यागेर बोलाएकै ठाउँमा पुगेर पार्टीको लागि कर्म पूरा गरि घर फर्कदा बाटामा उनले खोरमा भएका खसीबाख्रा सम्झदै खस्रेटाका चिउलाने पनि पोको पार्दै गर्दा मैले उहाँको फोटो सुटुक्क खिचे ।
यिनी नितान्त किसानहुन् । यीनको राजनीति त बिरासत हो । बुवादेखिको । राजनीति मार्फत समाज सेवा गर्दछन् । कँग्रेस पार्टिभित्रको कुनै पनि चुनावमा पराजय भोगेका छैनन ्यिनले । खेत र गोठमा हुँदा नै हरेक सुखद कुरा सुन्छु भन्छन् यिनी । कँग्रेसपार्टीको सचिवमा चुनाव जित्दा खेतमा काम गर्दै थिए रे । कमलामाई नगरपालिकाको मेयरमा पार्टिले टिकट दिँएको खवर पनि गाईगोठमा कामगर्दै गर्दा थाहा पाएका थिए रे । जिल्लाका आटिला युवा नेताहुन् । निर्भय यीनको स्वभावहो । पार्टीको सम्मान र आस्थामा आँच आउने कुनै पनि हर्कत यिनी सहदैनन । द्वन्द्वकाल भरी काँग्रेस पार्टी र कार्यकर्तालाई सुरक्षा कवच बनिरहे । जैविक विशिष्ठता पनि अजिवको छ यिनको । फोन नं हजारवटा भएपनि लेख्नु पर्दैन यीनलाई । सबै कण्ठस्त हुन्छ । भुत्ल्याउँदा दुख्दैन । यीनको हात विशेष मांसपेशी अर्थात मृत टिस्युले बनेको जस्तो जब्बर र कठोर छ । यिनी नेपाली कँग्रेस पार्टीका जिल्लाका प्रभावशाली युवा नेता उज्ज्वल पोख्रेल उपेन्द्र पोखरेल हुन् ।