सिन्धुली – दुधौली नगरपालिकाका झण्डै तिन सय जना स्थानीय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहिबार दुधौली नगरपालिका ४ मा भएको वडा कमिटि गठन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख ज्वाला प्रसाद न्यौपानै (पुकार) का अनुसार एमालेका नेता प्रमोद अधिकारी दुनुवार र नेपाली काँग्रेसका कृयाशिल सदस्य लक्ष्मण चौधरीको नेतृत्वमा तिन सय जनाले एमाले र काँग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हो ।
नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्ला इन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई भव्य रुपमा स्वागत गरिएको छ । पार्टी प्रवेश गर्नेहरुलाई इन्चार्ज दाहालले हरेक नागरीकको चाहाना र भरोसा माओवादी केन्द्रमा बढ्दै गएको भन्दै आगामी निर्वाचनबाट देशकै ठुलापार्टी बन्ने दावी गर्नु भयो ।
“पछिल्ला दिनहरुमा हरेक जिल्लाहरुमा माओावदी केन्द्रमा आस्था राख्ने र पार्टीमा आबद्ध हुने युवा जनशक्तिहरु बढ्दै गएका छन् । अबको निर्वाचनमा एमाले र कांग्रेसहरु पत्तासाफ हुने छन् । एमाले र काँग्रेसलाई वत्तिबालेर खोजे पनि भेटिने छैन्,’ उहाँले भन्नु भयो ।
नेकपा माओवादीको दुधौली नगर कमिटिका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमोद अधिकारी दनुवारको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटिको समेत गठन गरिएको छ । अधिकारीलाई एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेकै दिन जिम्मेवारी समेत दिइएको हो । यस्तै धन आलेको अध्यक्षतामा ५५ सदस्यीय योङ कम्युनिष्ट लिग (वाईसियल) वडा कमिटि र उषा चौधरीको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तीकारी) को गठन गरिएको बताइएको छ ।
कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख ज्वाला प्रसाद न्यौपाने,(पुकार), जिल्ला सचिवालय सदस्य घनश्याम बस्नेत, जिल्ला समन्वय समितिकी उपप्रमुख संझना अधिकारी, दुधौली नगर कमिटिका इन्चार्ज मात्रीका भट्टराईले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य दिनेश अधिकारीले गर्नु भएको हो ।