शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मरिण गाउँपालिका अध्यक्ष बम्जनको विद्युत विस्तारगर्न माग

आइतवार , भाद्र १३, २०७८

सिन्धुली – मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग आइतवार भेटगरी पालिकाको विभिन्न क्षेत्रमा विद्युत विस्तारमा सहयोग माग गर्नुभएको छ ।

गाउँपालिका क्षेत्र भित्र विद्युतको पहुँच नपुगेको वडा नं. १ र २ का सबै बस्तिहरु, वडा नं.–५ को अम्बास, वडा नं. ६ को बसेरी, लहरे, तेलनी, बाँझडाडा, भालुवाटार आदी बस्तिहरुमा विद्युत विस्तार गर्न आवश्यक सहयोग माग गरिएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो ।

विगतमा पोलिङ गरेको काठका पोलहरुलाई विस्तापित गरी फलामका पोल व्यवस्थापन गर्न, मरिण गाउँपालिकामा निर्माण भएको ३३ केभी क्षमताको विद्युुतको सव–स्टेशनको छिटो संचालन गर्न पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

भेटका क्रममा सिन्धुली जिल्लाकै गौरवको आयोजना भित्र पर्ने कोखाजोर हाइड्रोपावर निर्माणका बिषयमा पनि छलफल भएको बताईएको छ ।

मरिण गाउँपालिका र दुधौली नगरपालिकामा विद्युतको महसुल काउण्टर स्थापना गर्न र सुनकोशी गाउँपालिकाको वडा नं. २ र ३ भरी विद्युत विस्तार लगायत सिन्धुली जिल्ला भरी विद्युत विस्तारको विषयमा भेटगाटका क्रममा छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया