बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा खोलाले बगाउँदा एकजना बेपत्ता

शनिवार , भाद्र १२, २०७८

सिन्धुली– सिन्धुलीमा शुक्रबार बितिजोर खहरे खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । कृषिऔजारमा धार लगाएर घर फर्किंदै गरेका गोलन्जोर गाउँपालिका–२ बितिजोरका ५० वर्षिया पुण्यबहादुर कार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।खोला पार गर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज लामाले जानकारी दिनुभयो । बाढीले बगाएर सय मीटर तल रहेको सुनकोसी नदीमा पुर्‍याएको आशंका गरिएको लामाले बताउनुभयो । लुम्तीबेसीमा रहेको कृषिऔजार अर्जाप्ने आरनमा गएर कार्की फर्किएका थिए । प्रहरी चौकी ग्वाल्टार र स्थानीय मिलेर बेपत्ता कार्कीको खोजतलास भइरहेको डिएसपि लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया