सिन्धुली– सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई हजार जना भन्दा वढीले रोजगार पाएका छन् । आर्थिक वर्ष ०७७/७८ मा सात वटा स्थानिय तहमा संचालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दूई हजार एक सय ७० जनाले रोजगार पाएका हुन् । जिल्लाको फिक्कल र हरिहरपुरगढी गाउँपालिकाबाहेका पालिकामा संचालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई हजार एक सय ७० जनाले रोजगार पाएका हुन् ।
दुधौली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई सय ३६ जनाले रोजगार पाएका छन् । रोजगार संयोजक एम्मर बहादुर खत्रीका अनुसार एक सय १२ जना महिला र एक सय २४ जना परुषले रोजगार पाएका हुन् । प्रधानमन्त्री रोजगारका लागि १ करोड ८० लाख ८८ हजार बजेट विनियोज भएको थियो जसमध्ये ९ लाख ७१ हजार छ सय आठ खर्च भएको छ । ८३ लाख ५७ हजार आठ सय ६२ खर्च हुन नसकेको खत्रीले बताउनुभयो । दुधैलीमा ५३.६८ प्रतिशत मात्र खर्च भएको छ । कार्यक्रम अन्तर्गत नदि नियन्त्रण, खानेपानी, सडक निर्माण तथा मर्मतका काममा रोजगारी दिइएको छ । कोरोना संक्रमण र स्थािनय तहबाट साझेदारी नभएकाले विनियोजित बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो । नौँवटा अयोजना संचालन हुनसकेको छैन भने नौँवटा संचालन भइसकेका छन् ।
गोलन्जोर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दुई सय भन्दा बढीले जनाले रोजगार पाएका छन् । आर्थिक वर्ष ०७७÷७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई सय ३३ जना रोजगार पाएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सरद प्याकुरेलले बताउनुभयो । कार्यक्रम अन्र्तगत विभिन्न सडक निर्माण तथा मर्मतका काम भएको उहाँले बताउनुभयो । कार्यक्रमको लागि कुल १ करोड ५९ लाख ६८ हजार बजेट विजिनयोजन भएको थियो । जसमध्य १ करोड ३ लाख ४९ हजार २ सय ५७ रुपैया खर्च भएको छ । समयमा निर्माण सामग्री खरिदका लागि रकम नआएकाले बजेट खर्च हुन नसकेको प्याकुरेलले बताउनुभयो ।
सुनकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ४ सय भन्दा बढी युवाले रोजगार पाएका छन् । आर्थिक वर्ष ०७७÷७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ सय १५ जनाले रोजगार पाएको कार्यक्रम संयोजक कृष्ण मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा २ हजार १ सय ९ जना बेरोजगारको संख्या सूचिकृत भएको थियो । ४ सय ७३ जना काममा खटिनु पर्नेमा जम्मा ४ सय १५ जना मात्र रोजगार सेवा केन्द्रमा सम्झौता भइ काममा खटिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सडक, मन्दिर पाटीपौवा, सुख्खा बाल लगाउने लगाएत ३१ वटा आयोजनाका काम भएका छन् । कार्यक्रमका लागि जम्मा कुल २ करोड ४४ लाख ७७ हजार बजेट विनियोज भएको थियो । जसमध्य १ करोड ८९ लाख ३९ हजार २ सय ४५ रुपैया बजेट खर्च भएको मोक्तानले जानकारी दिनुभयो ।
यस्तै तिनपाटन गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ८ सय तीन जनाले रोजगार पाएका छन् । आर्थिक वर्ष ०७७÷७८ मा दुई हजार तीन सय पाँच जनाको निवेदन आएकोमा आठ सय तीन जनाले रोजगार पाएको रोजगार संयोजक वरुण आलले बताउनुभयो । कार्यक्रमको लागि कुल २ करोड ७० लाख बजेट विनियोजन भएको थियो । त्यसमध्य ९८ लाख ४ सय ७० रुपैया खर्च भएको छ । कार्यक्रम अन्र्तगत सडक निर्माण तथा मर्मत, सिचाइ, खेलमैदान निर्माण लगाएतका काम भएको रोजगार संयोगक आलले बताउनुभयो ।
त्यस्तै, मरिण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ३ सय २० जनाले रोजगार पाएका छन् । एक हजार २ सय ५ जनाले रोजगारकालागि आवेदन दिएका थिए । ती मध्य ३ सय २० जनाले मात्र रोजगार पाएको रोजगार संयोजक सन्तमायाँ योञ्जनले बताउनुभयो । आर्थिक वर्ष ०७७/७८ मा कार्यक्रमका लागि कुल १ करोड ५७ लाख बजेट विनियोज भएको छ । कुल बजेटबाट ५८ लाख मात्र खर्च भएको योञ्जनले जानकारी दिनुभयो । कोभिडको कारण साथै विचमा रोजगार संयोजन नभएका कारण बजेट कम खर्च भएको उहाँको भनाई छ । कार्यक्रम अन्र्तगत ८९ वटा आयोजनाका काम भएको छ ।
घ्याङलेख गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८मा प्रत्येक वडाबाट २०/२० जनाले रोजगार पाएका छन् । गाउँपालिकाको ५ वटा वडाबाट जम्मा एक सय जनाले रोजगार पाएका हुन् । कार्यक्रमको लागि ५० लाख रुपैँया बजेट विनियोजन भएको थियो ।
कमलमाई नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ६३ जनाले रोजगार पाएका छन् । आर्थिक वर्ष ७७/७८ मा ६३ जना युवाले रोजगार पाएको नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले बताउनुभयो ।