सिन्धुली – सिन्धुलीमा थप १० दिन निषेधाज्ञा लम्बाइएको छ । सोमबार बसेको डिसिसिएमसिको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै केहि खुकुलो बनाउदै थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
लामो समय सम्म निषेधाज्ञा लगाउँदा नागरिकको जनजीवन प्रभावित भएकाले केही खुकुलो बनाउदै निषेधाज्ञालाई भदौ १० गते राती. १२ः०० बजेसम्म निरन्तरता दिने निर्णय भएको छ । सबै किसिमका पसल व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बिहान ५ बजे देखि बेलुका ८ खोल्न पाइने छ । सार्वजनिक तथा निजि सवारी साधन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई जिल्ला भर संचालन गर्ने पाइने छ । सरकारी कार्यालय, सार्वजनिक संस्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरी भिडभाड नगराई संचालन गर्न पाइने निर्णय वैठकले भएको छ ।
यस्तै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई विभिन्न संघसंस्थाबाट प्राप्त भएका स्वास्थ्य सुरक्षाका सामाग्री जिल्लाका स्वास्थ्य चौकी र सिन्धुली अस्पताललाई वितरण गरेको छ । जिल्ला अस्पताल सिन्धुलीलाई सर्जिक मास्क ३ हजार थान र सेनिटाइजर ५ लिटर, प्राथमिक स्वास्थ्य चौकि सिथौली, प्राथमिक स्वास्थ्य चौकि लाम्पान्टार, स्वास्थ्य चौकि बेल्घारी र स्वास्थ्य चौकि कपिलाकोटलाई सर्जिकल मास्क १५ सय थान र सेनिटाइजर ५ सय एमल को २० वटा वितरण गरिएको छ ।
बर्दवहादुर गण सिन्धुलीलाई १२ सय थान सर्जिकल मास्क र ५ सय एमलको १२ वटा सेनिटाइजर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सर्जिकल मास्क १ हजार थान र ५ सय एमलको १० वटा सेनिटाइजर, शशस्त्र प्रहरी बल नेपाल सिन्धुलीलाई सर्जिकल मास्क ८ सय थान र ८ वटा सेनिटाइजर, जिल्ला प्रशासन कार्यालय सिन्धुलीललाई सर्जिकल मास्क ५ सय थान र ५ वटा सेनिटाइजर , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुलीलाई सर्जिक मास्क ३ सय थान ५ वटा सेनिटाइजर वितरण गरको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसि सिन्धुलीका अध्यक्ष सुरेश न्यौपानेले बताउनुभयो ।
सिन्धुलीमा असार महिनामा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने साउनमा ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
सिन्धुली अस्पताल र कमलामाई नगरपालिकामा हाल सम्म ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै हाल सम्म दुधौली नगरपालिका ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य ४ सय ५२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । तिनपाटन गाउँपालिकाकामा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये २ सय १३ जना निको भइसकेका छन् । फिक्कल गाउँपालिकामा हाल सम्म ३ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ सय २४ जना निको भएका छन् । सुनकोशी गाउँपालिकामा २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ सय ३२ जना निको भइसकेका छन् । गोलन्जोर गाउँपालिकामा २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ सय ५० संक्रमणमुक्त भइसकेका छन् । घ्याङ्लेख गाउँपालिकामा २ सय ७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ सय ९६ संक्रमणमुक्त भएका छन् । मरिण गाउँपालिकामा ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । ती मध्य ४ सय ७७ निको भएका छन् । र हरिहपुरगढी गाउँपलिकामा ३३ जनामा कोरोना पुष्टि भएको छ । ती मध्य ३१ जना निको भएका छन् ।