शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा १५ दिन आकस्मिक लोडसेडिङ हुने

शनिवार , श्रावण २३, २०७८

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ ।प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढलकेबर सव स्टेशनमा जडान गरिएको १३२/३३ केभी ३० एमभिए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउदा ८ वितरणकेन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ ।

खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ दिन लाग्ने भएकाले ती वितरणकेन्द्रमा कम्तिमा १५ दिनसम्मै निश्चित समय लोडसेडिङ हुन लागेको प्राधिकरणको भनाई छ ।

लोडसेडिङ हुने वितरणकेन्द्रहरुमा जनकपुर, धनुषाधाम, सखुवा, जलेश्वर, गौशाला, यदूकुहा, सिन्धुली र रामेछाप वितरणकेन्द्र रहेका छन् । प्राधिकरणले शनिवबार जरि गरेको एक सूचनामा सो पावर ट्रान्सफरमर बदली गर्न अनुमानित १५ दिन लाग्न सक्ने भएकाले ८ वितरण केन्द्रमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोडसेडिङ गर्नुपर्ने भएकाले सम्बन्धित सबैमा जानकारी गराएको हो ।

प्रतिक्रिया