सिन्धुली– तीनपाटन गाउँपालिकामा प्रशासनिक भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै गाउँसभा बस्न नसकेका विषयहरूमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गाउँपालिकाले शुक्रबार प्रेस विज्ञप्ति मार्फत स्पष्टोक्ति दिएको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि ठेकेदार कम्पनिलाई अपुग भएको एक करोड रकम कानुनसम्बत विनियोजन गरिएको गाउँपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
श्री ए.एम./ पाइनस जे.भि कम्पनिसँग २०७६ माघ ९ गतेबाट २०७९ साल असार २५ गतेभित्र चार करोड ८२ लाख आठ हजार दुई सय ६० रुपैँयामा भवन निर्माण सम्पन्न गर्न सम्झौता भएको उल्लेख गर्दै गाउँ कार्यपालिकाको बैठकबाट कुल लगतको १५ प्रतिशतसम्म गाउँपालिका अध्यक्षले भेरियसन आदेश स्वीकृत गर्न सक्ने सर्वसम्मत रुपमा परित भएको गाउँपालिकाले उल्लेख गरेको छ ।
गाउँपालिकाले कुल लागतको १४ दशमलब ८३ प्रतिशत अनुार ७१ लख ५१ ह्जार एक सय ८७ रुपैयाको भेरियसन आदेश स्वीकृत भएको विज्ञप्तिमा बताइएको छ । साथै, चालु आर्थिक वर्षमा संघीय सरकारबाट ६९ लाख बजेट प्राप्त भएको र नपुग बजेट १ करोड ६० लाख ६० हजार तीन सय पाँच रुपैँया गाउँपालिकाले विनियोज गर्नुपर्ने प्रस्ताव गाउँ कार्यपालिकाको बैठकमा छलफलको विषय भएको गाँउपालिका अध्यष कर्ण बहादुर मगरले जानकारी दिनुभएको छ ।
यसअघि जिल्लाका विभिन्न मिडियामा गाउँपालिका अध्यक्षले ठेकेदार कम्पनिलाई सम्झौता विपरित एक करोड रुपैँया विनियोजन गर्न खोज्दा गाउँसभा सदस्यले इन्कार गरेपछि गाउँसभा हुन नसकेको समाचारहरु सम्प्रेषित गरिएको थियो ।
