सिन्धुली– सिन्धुलीमा कोरोना संक्रमणका बिरामी वढ्न थाले सँगै उपचारमा समस्या भएको छ । जिल्लामा पछिल्लो समय कोरोनाका विरामी बढ्न थाले पछि जिल्ला अस्पताल सिन्धुलीमा वेड अभाव भएको हो ।
सिन्धुली अस्पतालको प्रि आइसोलेसनमा अहिले विरामीलाई भूई मै राखेर उपचार गराइएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्ड डा. उमेश प्रधानले बताउनुभयो । कोरोनाको लक्षण देखिएका विरामीको परिक्षण रिपोर्ट नआए सम्म प्रि आइसोलेसनमा राखेर उपचार गरिहेको उहाँले बताउनुभयो । अस्पताल निर्माणधीन अवस्थामा रहेकाले विरामी उपचारको लागि समस्या भएको उहाँले जानकारी दिनुभयो । अहिले लाश घरको लागि बनाइएको भवन प्रि आइसोलेसनको रुपमा प्रयोग गरिरहेको छ ।
अस्पतालमा पछिल्लो एक हप्ता ३९ जना कोरोनाको लक्षण देखिएका विरामी प्रि आइसोलेसनमा उपचारत रहेको डा. प्रधानले बताउनुभयो । प्रि आइसोलेसनमा जम्मा ७ वटा वेड छन् । बाकीँ बिरामीलाई भुइमै राखेर उपचार गराइएको उहाँले बताउनुभयो । “ प्रि आइसोलेसनमा अस्पतालको १० प्रतिशत वेड राखिन्छ । १० वेडको अस्पतालमा हामीले ५ वेड राखिरहेको थियौ । पछिल्लो समय विरामी वढ्दै गएपछि अपुग भयो र दुइ वेड थप गर्यौँ ।” उहाँले भन्नुभयो, “विरामीको चाप वढेपछि हामिले तुरुन्त कोरोना परिक्षण गरि आकस्मिक कक्षमा रिफर गरेर उपचार गरिरहेका छौ ।” आइताबार अस्पतालका ९ जना उपचारत विरामीको कोरोना परिक्षण गर्दा ८ जनाको रिपोट पोजेटिभ आएको छ ।
जिल्लामा निषेधाज्ञा खुल्ला गरे सँगै संक्रमितको अवस्था वढेको उहाँको भनाइ छ । “अहिले सबै खुल्ला गरिएको छ । नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढेको छ ।” डा प्रधानले भन्नुभयो, “यसरी नै विरामी वढिरहे फेरि निषेधाज्ञा गर्नु पर्छ ।” कोभिड अस्पतालमा साउन १० गतेबाट हाल सम्म १७ जना कोरोनाका बिरामी उपचारत रहेका छन् । कोभिड अस्पतालमा कमलामाई नगरपालिकाका ६ का ५ जना, मरिण गाउँपालिका ६ को २ जना एक नम्बर वडाका र गोलन्जोर गाउँपालिकाका संक्रमित बिरामी उपचारत रहेको डा प्रधानले बताउनुभयो ।
अस्पतालमा कोभिडका विरामी वढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रलाख पोखरेलले आग्रह गर्नु भयो । सावधानी नअपनाए जिल्लामा कोरोनाको डेल्टा भेरियन्ट फैलिन सक्निे उहाँले बताउनुभयो ।