सिन्धुली – सिन्धुलीमा सवारी ज्यान मुद्दामा कैद भुक्तान नगरि फरार रहेका व्यक्तिलाई प्रहरीले ३ वर्ष पछि पक्राउ गरेको ।
कमलामाई नगरपालिका ११ सानोभडारका ३१ वर्षिय बिपुल रसाइली भन्ने बिपुल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सवारी ज्यान मुद्दामा ०७५ बैशाख २० गते जिल्ला अदालतको ८ दिन कैद भुक्तानी नगरि विक फरार रहेका थिए ।
फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलिले बिशेष सुराकिको आधारमा दुधौली नगरपालिका ६ जगाडिमा लु किछिपि बसेको अबस्थामा प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । विकलाई पक्राउ गरी सिन्धुली जिल्ला अदालत सिन्धुलीमा बुझाईएको लामाले जानकारी दिनुभयो ।